दोधारा चाँदनीमा तिव्र संगठन विस्तारमा रास्वपा, वडा–वडामा संगठन सशक्त बनाउदै


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन बिस्तारलाई तिब्रता दिएको छ् । देशको बर्तमान अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनलहर बढ्दै जाँदा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको संगठनलाई मजबुत बनाउन पार्टीको वडा कमिटिलाई सशक्त बनाउन थालेको हो । केही दिन अघि दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६ मा संगठन बिस्तार संगै शनिवार वडा नं. ५ मा वडा कमिटि गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले जानकारी दिनुभएको छ् । वडा नं. ५ मा दिपेन्द्र सिंह भण्डारीको सभापतित्वमा ११ सदस्यीय राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटि गठन भएको उहाँले बताउनुभयो ।

आउदो प्रदेश र स्थानिय निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनीका बिभिन्न वडाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनलाई मजबुत बनाउन थालिएको नगर सभापती पुरन कुमालले बताउनुभयो । गएको प्रतिनिधी सभा निर्वाचनमा प्राप्त मतलाई संगठनमा ढाल्ने र आगामी निर्वाचनका लागि तयारी गर्ने योजना सहित रास्वपा पार्टी बलियो बनाउने रणनीतिमा आफुहरु लागिपरेको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले बताउनुभएको छ् ।

नगरका हरेक नागरिकको समस्या संग प्रत्यक्ष जोडिन र पार्टीका एजेन्डाहरुलाई तल्लो तह सम्म पुर्‍याउने उद्देश्यले समेत दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रास्वपाले संगठन बिस्तार अभियानलाई तिब्रता दिदै आएको सभापती कुमालले बताउनुभयो ।

अब नगर क्षेत्रको हरेक वडामा घण्टीको आवाज गुञ्जने र विकासको नयाँ लहर सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीले जनाएको छ् ।


ताजा समाचार

spot_img