कञ्चनपुर : ‘मौलिक संस्कृति हुन हाम्रो पहिचान, बचाउनुपछ सबै मिली हाम्रो स्वाभिमान’ भन्ने मुल नाराका साथ सांस्कृतिक संस्थान स्थापनाको स्वर्ण महोत्सव २०७९को अवसरमा सप्ताहव्यापी कलाकार प्रशिक्षण कार्यशालाको आयोजना गरिएको छ । जसको उद्दघाटन विधिवत रुपमा आज (शनिबार) गरी आजै बाट प्रशिक्षण शुरु गरिएको छ । आयोजक सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल काठमाडौं र महाकाली साहित्य सङ्गम केन्द्रीय समिति, सह-आयोजक राष्टिूय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल केन्द्रीय समिति अत्तरिया कैलाली रहको छ भने विशेष सहयोगी भीमनत्त नगरपालिका कञ्चनपुरले ७ दिने वाद्यवादन गीत संगीत प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम पुष ९ गते देखि १५ गते सम्म हुने छ । जसको व्यवस्थापन भीनपा -१ राजीपुर स्थिीत शिखर एकेडमीले गरेको छ ।
राष्टिूय नाचघरका ७ जना प्रशिक्षक बाट ७ दिन सम्म विभिन्न विद्यामा प्रशिक्षण रहने छ । प्रशिक्षकहरुमा केशव राई नृत्य, दुर्गा प्र. खतिवडा बासुरी, तिर्थराज पोखरेल गायन, दिपेन्द्र बज्रचार्य मादल, पवित्रा पंगेनी, लिला बास्कोटा, र ईश्वरा आर्चाय रहेका छन् । उक्त कार्यक्रममा शिक्षक, कलाकार, विद्यार्थी सहित ५० जना सहभागिले भागलिने अनुमान गरिएको छ । जस्मा नृत्य, वासुरी, सारङ्गी लगायतका वाद्यवादन प्रशिक्षण रहने छ । सहाभागीहरुले प्रशिक्षणमा सिकेको ज्ञानलाई पुषे पन्नर स्थानीय चाडका दिन वृहत प्रदर्शन गर्ने तयारी रहेको महाकाली साहित्य संङ्गमका अध्यक्ष हरीश प्रसाद जोशीले बताए । कार्यक्रमको समापन समारोहमा सहभागीहरुलाई प्रमाण पत्र दिईने छ ।

७ दिने वाद्यवादन गीत संगीत प्रशिक्षण कार्यक्रमको उद्दघाटन कार्यक्रममा महाकाली साहित्य संगमका केन्द्रीय अध्यक्ष हरीश प्रसाद जोशीको अध्यक्षतामा प्रमुख अतिथी सु.प्र.वि.वि.का उपकुलपति प्रा.डा. अम्मराज जोशी रहुनु भएको थियो । विशिष्ट अतिथिमा सु.प. प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन जोशी, भीनपा–१का वडा अध्यक्ष आसिफ कुँवर रहनु भएको थियो । कार्यक्रम सञ्चालन महाकाली साहित्यस संङ्गम केन्द्रीइ समितिका सदस्य अर्जुन सिह नेगीले गर्नु भएको थियो ।







