लोक संस्कृति जोर्गेना गर्न कञ्चनपुरमा भुवा (भस्सो) पर्व मनाइदैं (भिडियो सहित)


कञ्चनपुर : लोक संस्कृति जोर्गेना गर्नका लागि कञ्चनपुरमा भुवा पर्व मनाईएको छ । सुदूरपश्चिमका बझाङ्ग, बाजुरा र अछामका पहाडी जिल्ला पुर्खोली घर भएका स्थानीयले भुवा पर्वको आयोजना गरि मनाइन लागेको हो । शनिबार देखि सुदूरपश्चिममा भुवा पर्व मनाईएको छ । मंसिर पुर्णिमादेखि पुषको औसीसम्म मनाईने भुवा पर्व लोप हुन थालेपछि लोक सस्कृति जोर्गेना गर्नका लागि कञ्चनपुरमा समेत भुवा पर्व मनाईएको हो ।

सिद्ध सामुदायिक सेवा समितिका अध्यक्ष लक्ष्मण अधिकारीले लोप हुन लागेको पर्व संरक्षणका लागि भुवा पर्व मनाईएको बताए । ‘हामीले चार दशकपछि गत वर्ष र यसपाली हल्दुखालमा भुवा पर्व लाई निरन्तरता दिएका छौं । ‘उनले भने, ‘यो हाम्रो ऐतिहासिक लोक परम्परा हो, यसको संरक्षण गर्न हामीले प्रयास गरेका छौँ ।’ महाभारतको युद्धमा पाण्डको बिजयी भएको अवसरमा दिवस मनाईदै आएको उनले बताए । भुवा पर्व युद्धकलादेखि सामाजिक साँस्कृतिक महत्व रहेको बताए । सिद्ध सामुदायिक सेवा समितिका अध्यक्ष अधिकारीले सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइने मौलिक भुवा पर्वको हल्दुखालमा पनि मनाईएको बताए । द्वापरयुगदेखि महाभारत युद्दपश्चात असत्य माथि सत्यको बिजय भएको खुसीयालीमा पाँच पाण्डवले चलाएको मानिने भुवा पर्व यस प्रदेशको मौलिक पर्व भएकाले हरेक वर्ष मनाइने गरिएको अधिकारीले बताए ।

सिद्ध सामुदायिक सेवा समितिले हल्दुखालमा आयोजना गरेको भुवा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले भुवा पर्वको संरक्षण सम्र्बद्धनमा जोडदिएका छन । भुवा भस्सो समारोहमा सुदूरपश्चिमका चर्चित गायक नरेन्द्रराज रेग्मी, लाल बहादुर धामी (अछामी बड्डो) , गायिका संगीता शाह, लक्ष्मण अधिकारी (दुबइको लाहु¥या) लगायतका कलाकारले भुवा सरक्षण हुने गित गाएका थिए । सिद्ध सामुदायिक सेवा समितिका अध्यक्ष लक्ष्मण अधिकारीको सभापतित्वमा भएको भुवा (भस्सो)पर्वको उद्दघाटन कार्यक्रममा प्रमुख अतिथीमा सुप प्रदेश प्रमुख देवराज जोशी रहनु भएको थियो भने विशिष्ट अतिथीमा जिल्ला समन्वय समिति अध्यक्ष दुर्गा बोहरा र प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल रहनु भएको थियो ।


ताजा समाचार

spot_img