ज्यान मार्ने उद्दोग मुद्धाका फरार युवक पक्राउ


कञ्चनपुर : कञ्चनपुर जिल्ला अदालतले २०७७ साल साउन २३ गतेको आदेसानुसार मुतलबिमा रहेका ज्यान मार्ने उद्दोग मुद्धाका फरार प्रतिवादी जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. ११ दिपनगर बस्ने हरिश भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी बिशेष टोलीले २०७९ पौष ७ गते साझाँ ४ः३० बजेको समयमा भिमदत्त नगरपालिका वडा नं. ४ स्थानिय बजारमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ पछि जिल्ला अदालतमा उपस्थित गराईएकोमा रु ५०हजार धरौटी तिरी तारेकमा छुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


ताजा समाचार

spot_img