कञ्चनपुर: पुर्वमन्त्री बिना मगर र रमेश लेखकले मतदान गरेका छन । बिहान १० बजे भन्दा अवागै पुर्वमन्त्रीद्वय मगर र साउदले मतदान गरेका हुन ।

पुर्वमन्त्रीद्वय मगर र साउदले आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरेका छन । पुर्वखानेपानीमन्त्री बिना मगर गठबन्धनका तर्फबाट क्षेत्र १ र पुर्व सिँचाईमन्त्री साउद प्रतिनिधी सभा सदस्यका उम्मेदवार हुन ।

पुर्वमन्त्री बिनाले पुनर्वास नगरपालिका ३ रामबस्ती स्थित गोरखा माध्यामिक विद्यालय र पुर्वमन्त्री साउदले शुक्लाफाँटा नगरपालिका ६ कसरौल स्थित बैजनाथ माध्यामिक विद्यालयमा मतदान गरेका छन । मतदान गर्ने क्रम जारी रहेको छ ।







