दोधारा । दोधारा चाँदनीमा धुमधाम संग उद्धघाटन गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियाकवरको अहिले आएर उठिवास भएको छ् । केही दिन अघि जगबुडा नदीमा बाढी आएर नदीको भंगालो बस्तीमा पसेपछि सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियकवरको उठिवास भएको हो । जगबुडा नदीमा पानीको बहाव तिब्र भए संग नदीको भंगालो सशस्त्र प्रहरी पोष्टमा पसेपछि सशस्त्र प्रहरीहरुले हतियार, रासनपानी लत्ताकपडा जोगाउन हम्मेहम्मे परेको थियो । हतियार, रासनपानी लत्ताकपडालाई जोगाउदै एक स्थानियको घर बसेर क्याम्प संचालन गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियाकवर पोष्टमा सशस्त्र प्रहरी निरिक्षक सहित २४ जना सुरक्षाकर्मी रहेको श्रोतले जानकारी दिएका छ् ।

उनिहरु अझै सम्म स्थापना भएको पोष्टमा फर्किएका छैनन् । जगबुडा नदीमा बाढी आउना साथ दोधारा चाँदनी नगरपालिकामा सबै भन्दा पहिला सशस्त्र प्रहरी कुतियावर पोष्ट बिस्तापित हुने गर्छ् । सुरक्षाकर्मीहरुलाई खानेपानी, शौचालय, सुत्न तथा खाना पकाउनको समेत निकै समस्या रहदै आएको एक सशस्त्र प्रहरी जवानले बताएका छन् । सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा पानी पसेपछि स्थापना भएको पोष्ट छाडेर अन्यत्र बस्न लागेको झण्डै २६ दिन भएको बताईएको छ् । जगबुडा नदीको छेउमै सशस्त्र प्रहरी पोष्ट स्थापना गर्दा आईपर्ने समस्याको आंकलन नगरिकनै सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियाकवर स्थापना गर्दा सशस्त्र प्रहरीलाई बाढी आउदा समान बोकेर भाग्नु पर्ने अवस्था आएको एकथरी स्थानियहरुको भनाई रहेको छ् ।

‘दोधारा चाादनी नगरपालिकामा सशस्त्र प्रहरीको पोष्टहरु हावातालमा स्थापना गरिएको छ्’ स्थानियहरु भन्छन्– ‘पोष्ट स्थापना गर्न मिल्न नमिल्ने सबै पुर्वाधार जाँच नगरिकन जहां पोष्टको लागी जग्गा पायो, त्यही पोष्ट स्थापना गर्ने भएको कारण बाढीको बेला यो समस्या झेल्नु पर्ने भएको छ् ।’ केही दिन अघि जगबुडा नदीमा आएको बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजमा स्थापना गरेको सशस्त्र प्रहरी पोष्ट समेत बिस्तापित भएको थियो । बाढीको पानी सुकेपछि कञ्चनभोजमा रहेको सशस्त्र प्रहरीले आफ्नो पोष्ट सम्हालेको थियो ।(फाईल फोटो)







