- डिल्लीराम परदेशी
– आठराई, तेह्रथुम हाल :झापा
जन्मेर हुर्की, बढेको
ठाँउ, सम्झायो मायाले
यो मुटुभित्र, राखेको
गाउँ, सम्झायो मायाले
काफल खाँदै, जङ्गलभरि,
डुलेको याद भो
भुलेको थिएँ,थाकेको
घाउ,सम्झायो मायाले
सम्झन्छु आज, मुटुको
टुक्रा,कसरी छोडियो?
लाग्दैछ उतै, फर्केर जाउँ,
सम्झायो मायाले
आएको थियो,दु:खको भेल,
बहना थिएन
जिन्दगी तार्न, चढेको नाउ,
सम्झायो मायाले
चप्पल बिना , स्कुलमा
जाँदा, कापी नै नहुँदा
नस्पाती सँग,साटेको ताउ,
सम्झायो मायाले
झुम्राको गोल, बेचेर राता,
मिठाइ किनिन्थ्यो
अनेकौंहुन्छन्, मान्छेका दाउ,
सम्झायो मायाले
‘प्रदेशी’ फिर्छ, गाउँको
माया, मुटुमा लिएर
बसेनन् भने,यी हात पाउ,
सम्झायो मायाले