‘होलीफेम्ली राष्ट्रिय अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा सम्पन्न भएको अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता (च्यापियनशिप) ०८३ को उपाधी बेलौरीको वात्सल्या एकेडेमीलाई पाईएको छ । कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा भीमदत्त नगरपालिका १० जिमुवाको होलिफेम्ली ईङलिश स्कुलको मैदानमा भएको ‘होलीफेम्ली राष्ट्रिय अन्तर विद्यालय स्तरिय क्रिकेट फाईनल प्रतियोगितामा वात्सल्या एकेडेमीको टिम च्यामियनशिप बनेको हो । सोमबार सम्पन्न भएको फाईनल प्रतियोगितामा वात्सल्याले घरेलु मैदान होलीफेम्लीको टिमलाई हराउँदै च्यामियनशिप बन्न सफल भएको छ । टसजितेर ब्याटिङ्ग रोजेको वात्सल्याले होलीफेम्लीलाई २० ओभर, ५ विकेटमा एकसय १९ रनको टार्गेट दिएको थियो ।

तर, वात्सल्याको टार्गेट पुरा गर्न नसकेको होलीफेम्लीको टिमले १७.५ओभरमा ८३ मात्रै रन बनाउन सक्यो । जिल्लाभरीका १६विद्यालयका टिमविच भएको प्रतियोगिता विजेता टिमले अब प्रदेश स्तरिय प्रतियोगिता खेल्ने छ । विजेता तथा उपविजेता टिमलाई प्रमाण पत्र मेडल, ट्रफि प्रदान गरिएको छ । विजेता वात्सल्या टिमका खेलाडी हिमाल पन्त उत्कृष्ट ब्याट्समेन, बलर र म्याच अफ दी टुनामेन्ट घोषित भएका छन । प्लेयर अफ दी म्याचमा मानव विष्ट र उपविजेता होलीफेम्लीका निरज पन्त उदयमान खेलाडी घोषित भएका छन । होलीफेम्ली ईङलिश स्कुलका सहायक म्यानेजर महादेव भट्टले जिल्ला क्रिकेट संघले विद्यालयकै फिल्ड रोजेर आयोजना गरेको प्रतियोगिताले अन्तर विद्यालयका खेलाडीविच प्रतिस्पर्धादेखिका सद्भाव जगाएको बताए ।

विद्यालय तहबाटै क्रिकेट खेलकुद बृद्धि विकासमा टेवा पु¥याउने बताए । उद्घाटन प्रतियोगिता होलीफेम्ली ईङलिश स्कुलका संचालक भुपाल सिह विष्टले उद्घाटन गर्दै खेलाडी उत्पादनका लागि प्रतियोगितामा टेवा पुग्ने बताएका थिए । खेलकुदप्रेमी समेत रहेका विष्टले प्रतियोगितामा संचालनमा सहयोगको बाचा गर्दै आगामी दिनमा थप विद्यालयको सहभागिता हुनुपर्नेमा जोडडदिएका थिए । विजेता वात्सल्या एकेडेमी बेलौरीका प्रिन्सिपल लक्ष्मण सिह दियालले विद्यालयको अभिभावकत्व विद्यार्थी खेलाडीको मेहनतको प्रतिफल भएको बताए । बेलौरीको उक्त विद्यालय शैक्षिक उन्नयनका साथै खेलकुद क्षेत्रमा पनि अब्बल सावित गरिरहेको छ ।

होलीफेम्ली ईङलिश स्कुलका सहायक प्रिन्सिपल हरिस ठगुन्नाले विद्यालयबाटै थुप्रै क्रिकेटकै खेलाडी राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरसम्मै खेल्न सफल भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कञ्चनपुर खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले विद्यालय स्तरबाटै क्रिकेटका खेलाडी छनौट हुने भएकाले यस्ता प्रतियोगिता अझै गाँउ गाँउमा गर्नुपर्नेमा जोडदिए । अध्यक्ष सिहले जिल्लामा निरन्तर क्रिकेट प्रतियोगिता भए थप खेलाडी उत्साहित हुने बताए । कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले जिल्लाबाट छनौट भएको टिमले प्रदेश स्तरिय प्रतियोगितामा सहभागिता जनाउने बताए । सहभागि विद्यालयदेखिका अन्य सरोकारवालाहरुलाई समेत मायाको चिनोदेखि प्रमाण पत्र प्रदान गरिएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img