कञ्चनपुर: नेपाल भारतका सीमा स्तम्भको सरणमा दुवै देशका अधिकारी एकमत भएका छन । नेपाल–भारतका अधिकारीहरुले सीमा स्तम्भको सरक्षण, मर्मत एव पुर्ननिर्माणका कामकाजलाई प्राथमिकतता दिने विषयमा एकमत भएका हुन । सोमबार कञ्चनपुरको महेन्द्रनगरमा ‘नेपाल भारत संयुक्त सीमा सर्वे फिल्ड नम्बर ४ टोली’ विच भएको बैठकले सीमा स्तम्भको सरक्षण, मर्मत एव पुर्ननिर्माणका कामकाजलाई प्राथमितता दिने विषयमा सहमती भएको जनाएको छ । बैठकमा संयुक्त सीमा सर्वे टोलीका प्रमुख ज्ञानेन्द्र विष्टले चालु आर्थिक बर्षमा पाएको कामकाज बारे समिक्षा गरिएको बताए ।

उनका अनुसार यस विचमा पाँचै जिल्लाका ११सीमा पिलर पुर्ननिर्माण, ५२सीमा पिलरको मर्मत र ४०२सीमा पिपरको स्थलगत निरीक्षण गरिएको बताए । टोली प्रमुख विष्टले चालु आर्थिक बर्षमा पाईएको काम पुरा भएको र निरीक्षण गरेका अधिकाँस पिलरको समेत पुर्ननिर्माण,मर्मत गर्नुपर्ने देखिएको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले संयुक्त सीमा सर्वे टोलीले प्राप्त गरेको कार्यबिधी(टिओआर) बारे दुवै देशका प्रशासनिक, सुरक्षा, नापी, वन सहितका अधिकारी समक्ष पेश गरिएको बताए । ‘संयुक्त सीमा सर्वे टोलीले प्राप्त गरेको टिओआर बारे हामी दुबै देशका प्रशासन, सुरक्षा, नापी वन सहितका अधिकारी समक्ष पेश गरे, ‘प्रजिअ कोईरालालाले भने, ‘यो नितान्त सीमा विवादको विषय भन्दा बषौँदेखि जिर्णेत्तर रहेका सीमा स्तम्भ मर्मत, सम्भार सरक्षणको विषयमा दुवै पक्षबाट छलफल भयो ।’

प्रजिअ कोईरालाले संयुक्त सीमा सर्वे टोलीले यस अघि गरेको तीन महिनाको समिक्षा समेत गरिएको बताए । नेपाली पक्षबाट बैठकको अध्यक्षता ग्रहण समेत गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यस अघि संयक्त सीमा सर्वे टोलीले गर्दै आएको कामकाजको समिक्षा सहित थप सीमा पिलरको मर्मत, हराएकाको खोजिदेखिका कामकाजलाई तिव्रता दिने विषयमा छलफल भएको बताए । कैलालीका प्रजिअ रेग्मीले यस अघि संयुक्त सीमा सर्वे टोलीले गरेको तीन महिनाको कामकाजको समिक्षा सहित आगामी दिनमा कामकाजलाई थप तिव्र रुपमा अघि बढाउने सहमती भएको बताए ।

भारतीय पक्षबाट बैठकको अध्यक्षता ग्रहण गरेका उद्यमशिहनगरका डिएम नितिनसिह भदौँरियाले समेत संयुक्त सीमा सर्वे टोलीको कामकाजलाई अझै तिव्रता, प्रभावकारी बनाउने बताएको बताएको बैठकमा सहभागि नेपाली अधिकारीले बताएका छन । संयुक्त बैठकमा सुदूरपश्चिम प्रदेश तराईको कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र भारत उत्तर प्रदेशका पिलिभित, लखिमपुरखिरी, उत्तराखण्डका उद्यमशिहनगर, चम्पावत, धार्चुला जिल्लाहरुका प्रशासन, सुरक्षा निकायका अधिकारी, नापी सहितका अधिकारीहरुको सहभागिता रहेको थियो ।






