महेन्द्रनगर : कञ्चनपुर जिल्ला खेलकुद समितिले जिल्ला छनोटका लागि समय तालिका सार्वजनिक गरेको छ।

बुधबार आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लामा भएका खेलाडीले विभिन्न विधामा फाराम भरेका खेलाडी हरुलाई क्षेत्रीय प्रतियोगिताकामा सहभागी हुन जिल्लाको टिम तय गर्नु पर्ने हुँदा भाद्र १० देखि १५ गतेसम्म जिल्ला छनोट गर्नका लागि समय तालिका सहितको सूचना जारी गरेको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्काले बताउनु भयो।

जिल्लामा रहेका २९ खेलका लागि जिल्ला छनोट गरिनेछ, जिल्ला छनोटको उद्धघाटन भाद्र १० गते महेन्द्रनगरको कबड हलको खेलमैदान गरिने अध्यक्ष खडकाले भन्नू भयो। जिल्लामा रहेका विभिन्न खेलकुद संघ संग जिल्ला छनोट प्रतियोगिता कसरी सञ्चालन गर्ने , यसलाई भब्यताका साथ सम्पन्न गर्नका लागि समेत संघको सहयोग कसरी रहनेछ भन्ने बारेमा जिल्ला खेलकुद समितिको बुधबार बैठक समेत बसेको थियो।

कञ्चनपुर जिल्ला छनोट खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्ला खेलकुद समितिले सार्वजनिक गरेको समय तालिका 






