कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरको सभापतिमा पदम बहादुर विष्ट चयन भएका छन । आइतबार स्वतन्त्र पाटी कञ्चनपुरको जिल्ला भेलाबाट सभापतिमा विष्ट चयन भएका हुन । भीमदत्त नगरका स्थानीय समेत रहेका पदम विष्ट नेकपा एमाले कार्यकर्ता हुन ।
लामो समयदेखि एमालेमा काम गरेका उनले पाटी परित्याग गर्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पाटीकञ्चनपुरको प्रमुख बनेका छन । ‘म ०४६ सालदेखि नै एमालेमा थिए, ‘उनले भने, ‘हामीसंगै विभिन्न परिर्वतनको आन्दोलनमा होमिएका नेता कार्यकर्ता चिल्ला गाडीमा हिड्छन, हामीलाई खाडी पठाए, पाटी भनेर के गर्ने सती जान सकिएन ।’ पार्टीलाई जनमुखी बनाउने विष्टले बताए ।
आम युवाका पीडा बुझ्ने राष्ट्रिय स्वतन्त्र पाटी भएकाले जिम्मेबारीमा आएको बताए । उपसभापतिमा जगदिश एसके, सचिव जानकी चन्द रहेका छन । भीमदत्त नगर सभापतिमा शिवराज भट्ट रहेका छन ।







