भम्केश्वर धाम (भम्केपानी) प्राकृतिक चमत्कार र आध्यात्मिक यात्राको केन्द्र


राम सिह ठगुन्ना/कञ्चनपुर : जहाँ प्रकृति आफैंले श्रद्धाको स्वर बोल्छ, जहाँ जमिनको गर्भबाट अविरल रूपमा बग्ने पानीलाई स्थानीयले भगवानको प्रसाद मान्दै आएका छन् यहि हो भम्केश्वर धाम । बेदकोट नगरपालिकाको अर्को महत्वपूर्ण धार्मिक सम्पदा हो भम्केश्वर धाम। स्थानीय रूपमा भम्केपानी भनेर चिनिने यो स्थललाई हरिद्वारसरह पवित्र तीर्थस्थलका रूपमा लिइन्छ। धार्मिक विश्वासअनुसार यहाँ स्नान गरी पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ।तराई क्षेत्रमा जमिनभित्रबाट यसरी प्राकृतिक रूपमा पानीको मुहान फुट्नु आफैंमा दुर्लभ घटना हो। धेरै श्रद्धालुले यसलाई दैवी शक्तिको प्रतीकका रूपमा लिने गरेका छन्।

भम्केश्वर धाम केवल एउटा मन्दिर होइन ,यो हजारौं श्रद्धालुको आस्थाको केन्द्र हो जहाँ भगवान शिवप्रतिको अनन्य विश्वास पुस्तौँदेखि जीवित छ। भम्केश्वर धाम भगवान शिवलाई समर्पित एक प्राचीन धार्मिक स्थल हो। “मन्दिर परिसरमा प्रवेश गर्नेबित्तिकै घण्टीको मधुर ध्वनि, अगरबत्तीको सुगन्ध र श्रद्धालुहरूको भक्ति भावले वातावरणलाई अझ पवित्र बनाइदिन्छ। हरेक दिन यहाँ भगवान शिवको पूजा, जलाभिषेक तथा आरती हुने गर्दछ। हरेक दिन यहाँ घण्टीको ध्वनिसँगै भक्तिको वातावरण गुञ्जिरहन्छ। विशेषगरी महाशिवरात्रिका अवसरमा भम्केश्वर धाममा हजारौं श्रद्धालुहरूको उपस्थिति रहने गर्दछ। नेपालका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत भक्तजन यहाँ दर्शनका लागि आउने गर्दछन्।पूजा,आरती,भजन–कीर्तन,र धार्मिक अनुष्ठानले धामलाई आध्यात्मिक ऊर्जाले भरिदिन्छ।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र अनौठो जलस्रोतको संगम बनेको यो धाम हजारौं श्रद्धालुको विश्वासको केन्द्र बनेको छ। “भम्केश्वर धामको सबैभन्दा ठूलो विशेषता हो—जमिनको गर्भबाट स्वतः निस्किरहेको पानीअर्थात भम्का । पानीको भम्का फुटने भएकाले नै यसको नाम भम्केश्वर भएको स्थानियको भनाइ रहेको छ । तराईका क्षेत्रमा यस्तो प्राकृतिक मुहान अत्यन्त दुर्लभ मानिन्छ। यही कारण धेरै श्रद्धालुले यसलाई दैवी शक्तिको चमत्कारका रूपमा लिने गरेका छन्। वर्षौंदेखि निरन्तर बगिरहेको यो पानी केवल प्राकृतिक स्रोत मात्र होइन,यो स्थानीय विश्वास, संस्कृति र आस्थाको जीवन्त प्रतीक पनि हो।

“धार्मिक विश्वासअनुसार यहाँ स्नान गरी भगवान शिवको पूजा–आराधना गरे मनोकामना पूरा हुने जनश्रुति रहिआएको छ।त्यसैले नेपालका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत हजारौं श्रद्धालु यहाँ आउने गरेका छन्। “हरिद्वार पुग्न नसक्ने श्रद्धालुहरूका लागि भम्केश्वर धामलाई हरिद्वारसरह पवित्र तीर्थस्थल मान्ने स्थानीय विश्वास आज पनि जीवित छ।यही विश्वासले वर्षौंदेखि भक्तजनलाई यहाँसम्म डोर्याइरहेको छ। भम्केश्वर अस्थाको एक महत्वपुर्ण धरोहरको रूपमा रहेको भन्दै यसले मनेकांछा पुरा गर्ने गरेको अन्तरिक पर्यटकहरूको भनाइ रहेको छ । “भम्केश्वर धाममा आउने श्रद्धालुहरूको सहजतालाई ध्यानमा राख्दै बेदकोट नगरपालिकाले अवश्यक आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको छ। यद्यपि अझै धेरै सम्भावनाहरू साकार हुन बाँकी छन्।


Loading Viewer...

ताजा समाचार

spot_img