महेन्द्रनगर: महेन्द्रनगरमा मधेशी समुदायको सशक्तीकरणअन्तर्गत लोकसेवा तयारी कक्षा सम्बन्धित अभिमुखिकरण गरिएको छ।

मधेशी समुदायको सशक्तीकरण कार्यक्रमअन्तर्गत आयोजित लोकसेवा तयारी कक्षा–२०८३ अन्तर्गत मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न भएको हो।

मधेशी आयोग, ज्वागल–ललितपुरको आयोजनामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सरकारी सेवाका उच्च पदस्थ व्यक्तित्वहरूले लोकसेवा आयोगको परीक्षा तयारी गर्ने प्रभावकारी विधि, अध्ययन रणनीति तथा सफलताका अनुभवबारे प्रस्तुतीकरण दिनुभएको थियो। सहभागी विद्यार्थीहरूले लोकसेवा तयारीसम्बन्धी उपयोगी जानकारी प्राप्त हुँदा आगामी दिनमा सरल र सहयोग पुग्ने बताए।
कार्यक्रमको सभापतित्व मधेशी आयोगका माननीय सदस्य रेणु देवी साहले गर्नुभएको थियो। भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय नजिर मियाँ, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. यज्ञराज पाठकलगायत विशिष्ट व्यक्तित्व तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।










