रुदै छ्यौ कि मेरी माया, हासी राकी छ्यौ ?
छुट्टीएको बर्षौ भयो, कस्ती भाकी छ्यौ ?
डर लाग्छ बैरी नजर तिम्लाइ पर्यो कि??
हिजो राती सपनीमा रुदै आएकी छ्यौ ।
भेट् नभा’को बर्षौ भयो कस्ती भएकी छ्यौ ?
आँखा भरी तिम्रै तस्बिर मुटु भरीब्यथा ।
आँसुले सिरानी भिज्छ ,कस्लाइ सुनाउ कथा ।।
हिजो आज मनका गित रुदै गा’की छ्यौ ।
टाढा भको बर्षौ भयो कस्ती भा’की छ्यौ ?


किशोर आग्री
दोधारा चाँदनी नगरपालिका वडा नं. १ (कंचनपुर)







