नेवि संघको कार्यक्रममा नेता पारसमणीले क्रान्तिकारी जय नेपाल भनेपछि…..

कञ्चनपुर: बिहीबार दिउँसो नेपाली काँग्रेस कञ्चनपुरको सभाहलमा नेपाल विद्यार्थी संघको छलफल तथा अन्र्तरकृया कार्यक्रम थियो । उक्त कार्यक्रममा नेवि संघ केन्द्रीय सभापति दुजाङ्ग शेर्पा सहितका नेवि संघ नेता कार्यकर्ता सहभागि भएका थिए । उक्त कार्यक्रममा नेवि संघलाई कञ्चनपुरमा कसरी अघि बढाउने विषयमा छलफल तथा अन्तरकृया
थियो ।

उक्त कार्यक्रममा नेवि संघ कञ्चनपुरका युवा नेता पारसमणीको बोल्ने पालो आएपछि माईक समातेर मञ्चमा आशिन भएका नेवि संघ केन्द्रीय सभापति शेर्मा सहितका नेताहरुलाई सम्बोधन गर्दै क्रान्तिकारी जय नेपाल भनेपछि..एकपछि हल गर्मागर्मी भएको थियो । प्रायजसो क्रान्तिकारी अभिवाद कम्यूनिष्टहरुले सम्बोधन गर्ने शब्द भएकाले काँग्रेस निकट नेवि संघ नेता कार्यकर्ता अचम्मित भएकोथियो ।

सम्बोधन गर्दै नेता जोशीले आफु पनि कुनै गुटको सचिव हुँदा एक जिल्ला तीन अध्यक्ष भएकाले थप एक चिठी ल्याएर जिल्ला सभापति हुनेको चिठी विचबाटैमा रोकिएको प्रसङ सुनाउँदै नेवि संघ कञ्चनपुरलाई कसरी एक ढिक्का बनाएर लग्न सकिने विषयमा केन्द्रीय सभापति शेर्पाको ध्यानाकर्षण गराएका थिए । आम विद्यार्थीको हकहितका साथै शैक्षिक माफिया बिरुद्धमा सघर्षका लागि नेवि संघ एकजुट हुनुको विकल्प नभएको नेता जोशीको सुझाव थियो । कार्यक्रममा नेवि संघको विषयमा छलफल गरिएको थियो ।

ताजा समाचार

spot_img