कञ्चनपुर,
राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)बाट भीमदत्त नगरपालिका ३ को वडाध्यक्षमा राप्रपा कञ्चनपुरका युवा नेता कमलेस सिहले उम्मेदवारी दर्ता गराएका छन ।
बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि राप्रपा युवक संगठनका जिल्ला अध्यक्ष सिहले भीनपा ३ को अध्यक्षमा उम्मेदवारी दिएका छन ।
उनले युवा र समाजका लागि आफुले उम्मेदवारी दिएको बताएका छ। समाजसेवामा सधै अग्रसर रहने युवा नेता सिंह खेलकुद क्षेत्रको निरन्तर लागि रहने युवाका रुपमा समेत परिचीत छन् ।






