कञ्चनपुर: नेकपा एमाले कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह धामीले बेलडाँडी गाँउपालिका २ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन ।
एमाले युवा नेता धामीले यस पटक बेलडाँडी वडा न. २ को वडाध्यक्षमा उममेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन ।
झण्डै दुई दशक देखि एमाले विद्यार्थी युवा नेता हुँदै पार्टीका काम गरेका धामीले यस पटक वडाध्यक्षको यात्रा तय गरेका छन । ईमान्दारीताका रुपमा चिन परिचित धामीले वडामा हुने भ्रष्टाचार रोकथाम गर्दै विकासका लागि उम्मेदवारी दिएको बताए । उनी बेलडाँडी खेलकुद क्षेत्रको बिकासमा अग्रसर रहने युवा समाजसेवी ,खेलकुद प्रेमी समेत हुन।






