बेलडाँडी १ को वडाध्यक्षमा युवा समाजसेवी शाहको उम्मेदवारी 

वडाको एकीकृत विकास र सम्बृद्धिका लागि मेरो उम्मेदबारी:शाह


कञ्चनपुर: युवा समाजसेवी तथा बेलडाँडीका स्थानीय मिन बहादुर शाहले बेलडाँडी गाँउपालिका १ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका शाहले बेलडाँडी गाँउपालिका १ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन । स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको शाहले बताए । ‘मैले कुनै पनि दलबाट भन्दा पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छु, ‘उनले भने, ‘वडाको एकीकृत विकास र सम्बृद्धिका लागि मेरो उम्मेदबारी परेको हो ।’ उनको उम्मेदवारीसंगै स्थानीय युवा हर्षित भएका छन ।

रौलेश्वर उच्च माध्यामिक विद्यालयका टपर विद्यार्थी शाह आफ्नो जीवनकाल संघर्ष गर्दै सशस्त्र प्रहरीका पुर्व कर्मचारी समेत हुन । उनले वैदेशिक रोजगारका शिलशिलामा कोरिया हुँदै हालै स्वदेशमा ग्रील उद्योग व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनले स्वदेश तथा विदेशमा राम्रो कार्य अनुभव सीप समेत बटुलेका उनि यस पटक जनप्रतिनिधीको यात्रा तय गरेका छन ।


ताजा समाचार

spot_img