बेलडाँडीका वडा सदस्य पण्डितद्वारा पदबाट राजिनामा

काँग्रेस पाटी परित्यागको घोषणा ,गाउँपालिका स्वतन्त्र उपाध्यक्ष लड्दै पण्डित


कञ्चनपुर: जिल्लाको बेलडाँडी गाँउपालिका एक वडा सदस्यले पदबाट राजिनामा दिएका छन । बेलडाँडी गाँउपालिका ३का वडा सदस्य पुष्पकमल पण्डिते वडा सदस्यबाट राजिनामा दिएका हुन ।

फेरी चुनाव लड्ने योजनाका साथ पण्डितले पदमबाट राजिनामा दिएको बताए । बेलडाँडीका गाँउपालिका मध्ये पण्डित राजिनामा दिने पहिलो जनप्रतिनिधी हुन । उनले पदसगै पाटी परित्याग घोषणा गरेका छन । यस अघि काँग्रेसबाट ३ नम्बर वडा सदस्यमा निर्वाचित पण्डितले समाजिक सञ्जालबाट काँग्रेस पाटीबाट अलग हुने घोषणा गरेका हुन ।

उनले भने ‘म बेलडाडी गाउँपालिका को स्वतन्त्र उपाध्यक्ष लड्दै छु ,वडा सदस्य बाट सबै भन्दा पहिला राजिनामा दिएर स्वीकृत भै सक्यो,पार्टी बाट म आफै बाहिरी भएको स्वघोषणा गरेको हु र पार्टी परित्याग गरेको घोषणा नै गरेको हु।’

झण्डै दुई दशकदेखि राजनीतिमा होमिएका काँग्रेस तथा बेलडाँडीका होनहार युवा पण्डितले पाटीबाट राजिनामा दिएसंगै सर्वत्र चिन्ता व्यक्त गरिएको छ । स्कुले जिवनबाट पण्डित नेवि संघमा होमिएर राजनीति यात्रामा थिए।


ताजा समाचार

spot_img