सुदूरपश्चिमका भाषाकाे अवस्थावारे छलफल


कञ्चनपुर: सुदूरपश्चिमका भाषाको अवस्थावारे एक कार्यक्रमका बिच छलफल भएको छ।No description available.सोमबार सुदूरपश्चिम विश्वविद्यालय, भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा. हरिश्चन्द्र भट्टकाे सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा सुदूरपश्चिमका भाषाकाे अवस्थावारे छलफल गरिएको विश्वविद्यालय ,भाषा ,साहित्य तथा संकृतिक अध्ययन केन्द्रका निर्देशक डा. भट्टले बताउनु भयो।No description available.

उनका अनुसार भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी लाई स्वागत गर्दै भाषा आयोग र भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रविच आपसी साझेदारीमा कार्यक्रम गर्ने भन्ने बारेमा माैखिक सहमति भएको छ। उनले भने, ‘आगामी निकट भविष्यमा सुदूरपश्चिम विश्वविद्यालय भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्र र भाषा आयोगविच सहमति पत्रमा हस्ताक्षर हुनेछ ।’No description available.

सुदूरपश्चिमका भाषाकाे अवस्थावारे छलफल कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा समामाजिक शास्त्र संकायका डिन प्राध्यापक डा. मुकुन्द कलौनी, शिक्षा शास्त्र संकायका सहायक डिन मनद सिह देउँवा व्यवस्थापन संकायका डिन प्राध्यापक मदन राज जोशी सहायक डिन हरीशंकर पन्त, पाठयक्रम निर्देशक राजेन्द्र भट्ट उपप्राध्यापक खगेन्द्र राज जोशी ,पृत बहादुर विष्ट प्रशासकीय अधिकृत विष्णु प्रसाद भट्ट र हेड असिटेन्ट ईश्वरी जोशीको उपस्थित रहेको थियो।No description available.


ताजा समाचार

spot_img