महेन्द्रनगर: कञ्चनपुरको मानव अधिकारको अवस्था बारे सरोकारवाला निकाय संग छलफल गरिएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि कञ्चनपुरको महेन्द्रनगरमा इन्सेकले मानव अधिकार रक्षकको अवस्था बारे छलफल गरेको हो । छलफलमा मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिननिधीले कञ्चनपुरको मानव अधिकार रक्षकको अवस्था नाजुक भएको बताएका छन ।

समाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक एव स्थानीय विभिन्न कारणबाट मानव अधिकारकर्मीलाई चुनौती थपिएको बताएका छन । कार्यक्रममा यूरोपियन यूनियन डेलिगेशन नेपाल अतिरिक्त राजदुत स्टेपफेन मेकोनले स्थानीय स्तरमा देखिएका मानव अधिकारको अवस्था बारे नेपाल सरकासंग सम्वाद गरेर समाधानका लागि पहल गर्ने बताएका छन ।
यूरोपियन यूनियन नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शिव राज भण्डारीले नेपालको मानव अधिकारको अवस्था बारे अध्ययन गरेर थप बलियो बनाउन तर्फ जोडदिने बताए ।