कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह बिबिएस चौथो वर्षमा अध्यनरत नेपाल विद्यार्थी संघ का नेता दिनेश राज भट्टले अनाथ बालबालिका लाई फलफुल ,शैक्षिक सामाग्री वितरणका साथ खिर खुवाएर आफ्नो जन्मोत्सव मनाएका छन् ।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .२ घर भएका युवा समाजसेवी विद्यार्थी नेता भट्टले आफ्नो २२ औं जन्मोत्सवको अवसरमा महेन्द्रनगर स्थित रहेको अनाथालयमा फलफूल, शैक्षिक सामग्री वितरण गर्नुका साथै खिर खुवाए जन्मदिन मनाएको हो।
उनले आफू अध्यनरत विश्वविद्यालयका सम्पुर्ण संकाय, पुस्तकालय(लाइब्रेरी) र क्यान्टेन मा फोहोर व्यवस्थापनका लागि ९ वटा डस्टबिन वितरण गर्नुका साथै सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको मुल गेटमा रहेको नेपालको झण्डा समेत परिवर्तन गरेको उनले बताएका छन् ।
युवा विद्यार्थी नेता भट्टले अनाथ बालबालिकाको उज्ज्वल भविष्यको कामनाका साथै उत्तरोत्तर प्रगतिको समेत शुभकामना दिएका छन् । बाल्यकाल देखि नै समाजसेवा गर्ने निस्वार्थ भावना भएका भट्ट विद्यार्थी जिवनकालमा निरन्तर स्कुल लेबल हुँदै क्याम्पस लेबलमा निरन्तर विद्यार्थीका हकहितका लागि आवाज उठाउदै आएका छन् ।













