दोधारा चाँदनीमा प्रमुख देखि वडा तहका उम्मेदवारको चर्चा


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीका राजनीतिक दलहरुले आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको तयारीलाई तिव्र बनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगाएत दोधारा चाँदनी नगरपालिकामा उपस्थित दलले आसन्न निर्वाचन तयारीमा जुटेका हुन् । राजनीतिक वृत्तमा भावी उम्मेदवारको चर्चा समेत सुरु भएको छ् । प्रमुख दलका युवा नेताले पार्टीले आफूलाई टिकट दिनु पर्ने दाबी गरेका छन् । उनीहरुले जनसम्पर्क विस्तार, संगठन निर्माण गर्नुका साथै आ–आफ्ना कार्य योजना जनतालाई सुनाउन थालेका छन् । यसरी उम्मेदवारको दाबी गर्नेहरुमा नयाँ अनुहार देखि पार्टीका पुराना नेता तथा कार्यकर्ता समेत छन् । दोधारा चाँदनी नगरपालिकामा दश वटा वडाहरु छन् । बिगतका निर्वाचन भन्दा यस पटकको स्थानिय निर्वाचन निकै पेचिलो बन्ने देखिएको छ् । दोधारा चाँदनी नगरपालिकामा प्रमुखमा कांग्रेस र एमालेनै मुख्य प्रतिस्पर्धी देखिए पनि अन्य दलको निर्वाचनका लागि सम्भावित गठबन्धनका लागि समेत पहल सुरु भएको सुन्नमा आउछ् । जिल्ला तथा नगरका सबै राजनीतिक दल अहिले संगठन विस्तार तथा सुदृढीकरण अभियानमा गाँउ पसेका छन् । पार्टी प्रवेश गराउने, सदस्यता वितरण गर्ने, संगठन विस्तार गर्ने क्रम तिव्र रुपमा चलेको छ् । नेपाली काग्रेंसले दोधारा चाँदनीमा समेत ‘घर–घर जाउ, काग्रेंस जिताउ’ अभियानलाई अघि सारेर घर–घरमा पुग्न थालेको छ् । यसैगरी आफ्नो भावी कार्य योजना सहित स्वतन्त्र उम्मेदवारी समेत घोषणा गर्ने तयारीमा केही दलका रुष्ट समुह सुन्नमा आएको छ् । निर्वाचनमा आफूहरुको सहभागितालाई सुनिश्चित गर्न पार्टीका नेता–कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयका छलफलले तिव्रता पाएका छन् भने अर्को तिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरुको घरमा भिड लाग्न सुरु भएको छ् । कार्यकर्ताले सामाजिक सञ्जालबाट दबाबमूलक ईच्छा प्रकट गरे पनि पार्टीको निर्णय नसोचेको हुनसक्ने नेताहरु बताउछन् । स्थानिय तह निर्वाचनमा समेत गठबन्धन कायम रहने हो भने निर्वाचनको माहोल अझ रोचक बन्ने देखिएको छ् । सक्रिय राजनीतिक पार्टी बाहिर–बाहिर आन्तरिक विवाद खासै नदेखिएको भए पनि भित्र–भित्र यी पार्टीका नेता कार्यकर्तामा महत्वकांक्षी र गुटगत स्वार्थ भने रहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । समग्रमा पार्टी भित्र यस अघि देखिएका आन्तरिक कलह, गुटबन्दी र प्यानलका कारण स्थानिय निर्वाचनमा यसको असर टड्कारोरुपमा देखिन सक्ने नेताको अनुमान छ् । यस पटक राजनीतिमा युवाहरुको विशेष आकर्षण देखिएको छ् । स्थानिय तहको निर्वाचन घोषणा भए संगै दोधारा चाँदनी नगरपालिकाका स्थानिय तहमा आगामी नतिजाको जोडघटाउ सुरु हुन थालेको छ् । निर्वाचनमा उम्मेदवारी हुन चाहनेले आकांक्षा व्यक्त गर्न पार्टी पंक्तीले रोक लगाएपनि फोन मार्फत ‘सहयोग गरिदन’ भन्न थालेका छन् ।


ताजा समाचार

spot_img