अपांगता बालबालिकाको रेफेरल सेवा सम्बन्धि बैठक सम्पन्न


कञ्चनपुर : युएस आईडि, ह्यान्डिक्याप ईन्टरनेस्नल र बिश्व क्षिक्षाको सहकार्यमा सर्वाङीण अपांगता बिकास समाज नेपाल, धनगढी, कैलाली द्वारा संचालित अपांगता भएका बालबालिकाहरुको क्षिक्षामा पहुँच अभिबृद्धी गर्न सबैका लागि पढाई कार्यक्रमको आयोजनामा जिल्ला स्थित सरोकारवाला सेवा प्रदायक निकायका प्रतिनिधिहरु संगको गोष्ठी सम्पन्न गरियो । उक्त गोष्ठीमा सबैका लागि पढाई कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको १३ पालिकाका ५५८ बिधालयका पुर्ब प्राथमिक तह देखि कक्षा ३ सम्ममा अध्ययन गरिरहेका कार्यगत सिमितता भएका ३५५४२ बालबालिकाहरु मध्ये ३०६४ जना बालबालिकाको सिमितता पहिचान गर्न सेवा प्रदायक निकायहरुले प्रतिबद्धता व्यक्त गरेका छन ।

वाशिङ्टन ग्रुप प्रश्नावली अनुसार शंकामा परेका शारीरिक ९१४ सुनाई सम्बन्धि समस्या भएका ६१० हेराई सम्बन्धी समस्या भएका ४४४ र मनोसामाजिक समस्या भएका २१२७ जना बालबालिकाहरुलाई रेफेरल सेवा दिन उक्त बैठकको आयोजना भएको थियो । उक्त बैठकमा धनगढी उप महानगर पालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण बोहराले बृहत स्वास्थ सेवा नगरपालिकाले संचालन गर्ने र त्यस बेला सबैलाई समेत्ने अनि तत्काल धनगढी भित्रका सेवा प्रदायकहरुलाई सहज सेवा दिन पत्राचार गरि सहयोग गर्ने, सारथि अस्पतालका डाक्टर निरज शाहले ओपिडी पर्चा शुल्क मिनाहा गरि चेक जांच गर्ने , ईम्प्याकट नेपालका अधिकृत राम बहादुर बोगटीले पनि कानको जाच निशुल्क गर्ने र उपकरण भने किन्नु पर्ने बताउनु भयो भने गेटा आखा अस्पतालका प्रतिनिधि देव राज पनेरुले आँखा जाँच गरेको बालबालिकालाई चस्मा निसुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । शिक्षा बिकास तथा समन्वय प्रमुख प्रताप धामीले स्थानीय तहले यो अभियानमा हातेमालो गर्नु पर्ने धारणा राख्नु भयो ।

शिक्षा महाशाखा धनगढीका पुस्प राज भट्टले स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्ने बिचार ब्यक्त गर्नु भयो । डाक्टर धन बहदु,कार्की र निसर्ग अस्पतालका काउन्सेलर रोहित गिरिले १० प्रतिशत छुटमा बालबालिकाको चेकजाँच गर्ने गरि सबैको सहमतिमा साझा सम्झौता बनाउनु पर्ने धारणा राख्नु भयो । यो परियोजनाले कैलाली जिल्लाको ११ पालिकाको ४८३ स्कुलमा हेड सर तालिम, प्रारम्भिक पहिचान तालीम । श्रोत बिधालयमा शैक्षिक सामग्री वितरण अपांगता भएका बालबालिकाहरुको तथ्यांक संकलन जस्ता कार्यक्रम सप्पन्न गरि रेफेरल सेवा तर्फ उन्मुख भएको सस्थाका कार्यकारी निर्देशक नन्दराज भट्टले जानकारी दिनु भयो । परियोजना अधिकृत लोक राज पन्तले संचालक गरेको कार्यक्रम कार्यकारी निर्देशक नन्दराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १० जनाको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img