दोधारा चाँदनीमा नेकपा माओबादीले सुरु गर्‍यो वडा–वडामा भेला


दोधारा । स्थानीय तहको निर्वाचन मिति घोषणा संगै दोधारा चाँदनी नगरपालिकामा राजनीतिक दलहरुका चुनाव केन्द्रित चहल पहल बढेको छ् । यसै क्रममा दोधारा चाँदनी नगरपालिकामा आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै वडा भेला सुरु गरेको हो । नेपाली काग्रेंस, नेकपा एमाले लगाएत राजनितिक दलहरुले यस अघि आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै वडा तथा टोल भेला संचालन गर्दै आएको छ् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीको आयोजनामा आज दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजमा ठुलो जमघटका साथ आफ्नो वडा सम्मेलन सम्पन्न गरेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीको नगर अध्यक्ष भिम कुमालले जानकारी दिएका छन् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनी वडा नं. ७ का वडा अध्यक्ष बिर बहादुर सुनारको सभापतित्वमा संचालन भएको वडा भेलाका प्रमुख अतिथी नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर अध्यक्ष भिम कुमाल रहेका थिए । बिशिष्ठ अतिथीमा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका बरिष्ठ नेता धन बहादुर दमाई रहेका थिए भने अतिथीमा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नेता भक्त बहादुर सुनार, गोबिन्द पुन, गोपी दमाई, जानकी दमाई, पुर्व पिएलए तथा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर उपाध्यक्ष भुपेन्द्र दमाई लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा कञ्चनभोजका ३५ जना अन्य पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन् । पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका नवआगन्तुक कार्यकर्ताहरुलाई नेकपा कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ठ अतिथीहरुले अबिर माला लगाएर स्वागत गरेका थिए । स्थानिय सरकार गरेका कामलाई चर्को स्वरमा औल्याईएको थियो । निर्वाचनको बेला मिठो बोली बोल्ने र निर्वाचन जिते संगै फर्केर नहेर्ने जनप्रतिनिधीहरुको कार्यक्रममा घोर बिरोध समेत जनाएका थिए । अबका दिनहरुमा सक्षम ब्यक्तीलाई निर्वाचनमा जिताउन आफुरु कटिबद्ध रहन कार्यक्रमका बक्ताहरुले बताएका छन् । स्थानिय निर्वाचनलाई लक्षित गर्दै आज देखी नेकपा माओबादी केन्द्र दोधारा चाँदनीले संचालन राम्रो ब्यक्तीलाई निर्वाचनको बेला जिताउनु पर्ने खबरदारी समेत रहेको नेकपा मओबादी केन्द्रका नेता भक्त बहादुर सुनारले बताएका छन् । कञ्चनभोजको वडा भेलाको भिडलाई देखेर हौसिएका नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्ष भिम कुमालले आसन्न निर्वाचनमा सजग भएर राम्रो काम गर्ने ब्यक्तीलाई निर्वाचनमा जिताउन समेत अनुरोध गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा बढ्दो माओबादी केन्द्रको जनलहरले स्थानिय निर्वाचनमा नेकपा माओबादी केन्द्रको जित पक्का भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्ष भिम कुमालले बताएका छन् । नेकपा माओबादी केन्द्रले आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै आज देखि वडामा भेला संचालन गर्ने निर्णय गरेको हो ।


Loading Viewer...

ताजा समाचार

spot_img