कञ्चनपुर: राष्ट्रिय जनमोर्चाले कञ्चनपुरको ग्रामिण भेग बन्साहमा एमसिसी बिरुद्धमा बिरोध सभा गरेको छ । जननमोर्चा कञ्चनपुरले बुधबार शुक्लाफाँटा नगरपालिका १बन्साहमा एमसीसी बिरुद्धमा बिरोध सभा गरेको हो ।

जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले राष्ट्रघाती एमसीसी बारे ग्रामिण भेगका जनतालाई सुसुशित गराउने उदेश्यका साथ ग्रामिण भेगमा बिरोध सभा गरिएको बताए ।

बिरोध सभामा जनमोर्चाका प्रदेश सचिव राजाराम चौधरी, नेकपा मसालका प्रवक्ता लक्ष्मी दत्त बडू सहितका नेता कार्यकर्ताले सम्बोधन गर्दै राष्ट्रघाती एमसिसी खारेजी नभए जनमोर्चाले शसक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।







