पुनर्वास :- एमसीसी सम्झौता गर्न नहुने भन्दै कंचनपुरको पुनर्वासका जागरुक युवा समुहहरुले टायर बालेर सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । बुधबार दिउँसो सरकारले अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी अघि बढाएपछि पुनर्वासका जागरुक युवा समुहहरुले पनि विरोध कार्यक्रमलाई समर्थन गर्दै टायर बालेर सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
बुधबार बिहान युवा नेता तथा सामाजिक अभियान्ता हिमेश थापाको नेतृत्वमा रहेको एक युवा समुहले आई.बि.आर.डी. बजारमा टायर बालेर राष्ट्रघाती दलालहरु होसियार, रिजेक्ट एमसीसी, हाम्रो देश प्राण भन्दा प्यारो छ, एमसीसी पास गर्ने सरकार चाहिदैन जस्ता नारा लगाउदै नेपाल बन्दलाई समर्थन जनाएका थिए । पुनर्वासका बजारहरु बिहान आंशिक खुलेपनी पछि बजार र सार्वजनिक यातायात भने बन्द नै देखिएका थिए ।
देशभर विप्लव नेतृत्वको नेकपासहितका ६ दलले सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरेपछी केही प्रभाव पुनर्वास नगरपालिकामा पनि देखिएको हो ।






