दोधारा चाँदनीमा बढ्दै चुनावी सरगर्मी : टोल–टोलमा दलहरुको कमिटि गठन


पप्पु गुरुङ्ग, दोधारा । स्थानीय तहको निर्वाचन मिति घोषणा संगै दोधारा चाँदनी नगरपालिकामा राजनीतिक दलहरुका चुनाव केन्द्रित गतिबिधी प्रतिस्पर्धात्मक दिशा तिर अग्रसर हुन थालेका छन् । वैशाख ३१ को स्थानीय तह निर्वाचनको तयारीमा दलहरु बढी जसो दुर्गम बस्ती केन्द्रित हुन थालेका छन् । निर्वाचन आयोगले चुनावको कार्यतालिका कार्यान्वयनमा ल्याएको छ् । दोधारा चाँदनी नगरपालिकामा राजनीतिक दलहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव लक्षित कार्यक्रममा तिब्रता दिदै आएको छ् । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज निरु देवी पाल, भिमदत्त नगरपालिकाका मेयर तथा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शुरेन्द्र बिष्टले दोधारा चाँदनी नगरपालिका क्षेत्रको चुनावी गतिबिधीमा सहभागी भएका छन् । नेकपा एमालेले दोधारा चाँदनी नगर क्षेत्रमा वडा तथा टोलमा बिस्तारित बैठक संचालन क्रममा रहेको छ् । वडा तथा टोलको बिस्तारित बैठक पछि टोल तथा वडाका नेता तथा कार्यकर्ताहरु बिच समिक्षा बैठक बसी स्थानिय निर्वाचनमा कसरी जाने बिषयमा छलफल गर्ने योजनामा एमालेमा छ् । यस्तै नेपाली काग्रेंस दोधाराले पनि टोल समिति गठन कार्य अन्तिम चरणमा पुऱ्याएको छ् । काग्रेंसले वडाका आफ्ना नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिएर टोल समिति तथा निर्वाचन गतिबिधी बढाउन निर्देशन दिएको छ् । नगर कमिटि गठन कार्यमा बिबाद रहेपनि आसन्न स्थानिय निर्वाचनको तयारीमा नेकपा माओबादी केन्द्र दोधारा चाँदनी रहेको छ् । माओबादी केन्द्रले केही दिन पछि मात्रै दोधारा चाँदनी नगरपालिकाको वडा तथा टोलमा निर्वाचन लक्षित कार्यक्रम गर्ने तयारीमा छ् । कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, एकिकृत समाजबादी, राप्रपा निर्वाचनको खासै औपचारिक कार्यक्रम तय नगरे पनि स्थानिय स्तरमा चुनाव तयारीको सर्कुलर गरिसकेका छन् । चौथो शक्तिको मानिएको राप्रपाले चाडै वडा तथा टोलमा निर्वाचन लक्षित कार्यक्रम लिएर पस्ने तय गरेको छ् । राप्रपाले दोधारा चाँदनीमा आउदो १७ गते आफ्नो केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनलाई बृहत आमसभामा उतार्ने भएको छ् । २०७४ स्थानिय निर्वाचनमा ठुलो पराजित खेपेको राप्रपाले यस पटक भने बलियो उपस्थिती रहने संकेत देखिन्छन् । एकिकृत सामाजबादीले हालै केही महिना अघि मात्रै संगठन बिस्तार गरेको अवस्था छ् । नगर तथा वडा स्तरमा संगठन बिस्तार गरि एकिकृत सामाजबादी समेत स्थानिय निर्वाचनमा होमिएको हो । एकिकृत सामाजबादीले आसान्न स्थानिय निर्वाचनमा नेकपा माओबादी केन्द्र संग गठबन्धन गरि चुनाव लड्ने समेत हल्ला चलेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा अहिले आएर हत्तै स्थानिय निर्वाचनको गर्मी बढ्न थालेको छ् । चिया पसल देखि लिएर सबै जसो स्थानमा निर्वाचनकै चर्चा छ् । जनमत बटुल्न उनीहरु सरकार र अन्य पार्टीको असफल पाटाहरुलाई खोतलेर हतियारका रुपमा प्रयोग गर्न थालेका छन् । दोधारा चाँदनी नगरपालिकामा स्थानीय सरकारले अल्मलमानै समय बिताए भन्ने आरोप समेत प्रतिपक्ष दलहरुको मुद्धा बन्न थालेको छ् । प्रतिपक्षमा बसेर सरकारको कमजोरी र बदमासीलाई अबलोकन गरिरहेका बिपक्षी पार्टीका नेता कार्यकर्ताहरुले पनि पार्टीको आन्तरिक कलह हल गर्न नसक्दा प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको भनाई सुन्न पाईन्छ् । यतिबेला चुनावको मुखमा राजनीतिक दलका कार्यकर्ताहरु एक अर्काको समाजिक सञ्जालमा भण्डाफोर अभियान समेत चलाउन थालेका छन् । एकातिर निर्वाचनमा आफूहरुको सहभागीतालाई सुनिश्चित गर्न पार्टीका नेता, कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयमा छलफलले तिब्रता पाएको छ् भने अर्काे तिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरु संग कानेखुशी चल्न थालको छ् । कांग्रेस भित्र नयाँ उम्मेदवारलाई अवसर दिनु पर्ने आवाज चर्को रुपमा उठेको छ भने, नेकपा एमाले भित्र २०७४ मा पराजित उम्मेदवारलाई नै फेरि मलम लगाउने पक्षमा देखिन्छ् । सबै दलहरुमा चर्को लाईन संघर्ष भएकाले कसले टिकट पाउछ भन्न सक्ने अवस्था छैन् । सबै दलहरु भित्र देखिएका आन्तरिक कलह, गुटबन्दी र प्यानलका कारणले स्थानिय निर्वाचनमा यसको असर ट्डकारो रुपमा देखिन सक्छ् ।

 


ताजा समाचार

spot_img