सामाजिक कार्यमा हौसिएका काग्रेंस नेत्री कोमल


दोधारा । आसन्न स्थानीय तहको निर्वाचनको सबै तिर चहल पहल बढेको छ् । नेता कार्यकर्ता संगै जनतामा वडा देखि पालिकमा सम्म विभिन्न पदका लागि पार्टीबाट टिकट पाउने बिषयले प्राथमिकता पाएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नेपाली काग्रेंसको बिभिन्न पद हुदै छोटो समयमा चर्चामा आएका कमला उपाध्याय अर्थात कोमल उपाध्याय सामाजिक कार्यमा ब्यस्त देखिन्छन् । दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न संघ–संस्था संग आबद्ध भएर चर्चामा रहदै आएका कोमल उपाध्याय यस पटकको स्थानिय निर्वाचनमा नगर उपप्रमुखको टिकट नेपाली काग्रेंसबाट पाउछन कि भन्ने आंकल समेत सर्वत्र छाएको छ् । दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेंसको महिला तर्फबाट छोटो समयमा चर्चा बटुलेका महिला मध्य एक कोमल बन्न पुगेका छन् । उनि बिगतका दिनहरु देखि युएनडीपी, माईती नेपाल, नेपाल प्रहरी लगाएत स्थानिय बिभिन्न संघ–संस्थाको कार्यक्रममा अग्रपंक्तीमा उभिएर सामाजिक कार्यमा अग्रसर हुदै आएका हुन् । यस पटकको स्थानिय निर्वाचनमा पार्टीले टिकट दिए खुशीले लड्ने उनी बताउदै आएका छन् । नेपाली काग्रेंस दोधारा चाँदनीमा मथुरा पन्त, गंगा जोशी, धनसरा चन्द, केशरी सुनार लगाएतका नाउमा नगर उपप्रमुखका आकांक्षी हुन सक्ने आंकलन गरिदै आएका छ् । यि सबै काग्रेंसका पुरा नेत्रीहरु हुन् । काग्रेंस पृष्ठमा नेत्री कोमल उपाध्यायको नाउ पनि नगरउपप्रमुख पदमा चर्चामा छ् । नेपाली काग्रेंसमा वडा नगर हुदै गएको गएको महाअधिबेसनमा उनि क्षेत्रिय सदस्य पदमा पुगेका छन् । यस अघि कोमल उपाध्याय नगर सदस्य पदमा थिए । नेपाली काग्रेंसको निर्माणाधिन बिपि स्मृति भवन निर्माणमा कोषाध्यक्ष पदमा समेत रहेका कोमलले आगामी दिनहरुमा सामाजिक कार्यमा दिन बिताउन लक्ष्य लिएको बताउछन् । झण्डै एक दशक देखि सामाजिक कार्यमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा प्रखर देखिदै आएका नेत्री उपाध्याय् नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखामा आबद्ध छन् । कोरोना संक्रमणको पहिलो लहर र दोस्रो लहरको बेला उनि लगाएत रेडक्रसको टिमले लकडाउनले समस्यामा परेका बिपन्न तथा गरिबहरुलाई देश तथा बिदेशबाट रकम संकलन गरि नेपाल रेडक्र सोसाईटी दोधारा उपशाखाको कार्य क्षेत्रमा रहेका नागरिकहरुलाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरेका थिए । उक्त कार्यमा कोमल उपाध्यायको समेत प्रमुख भुमिका रहदै आएको हो । साबिकको दोधारा क्षेत्रमा कसैको घरमा आगो लागी भयो अथवा कोही समस्यामा परेमा स्थानियहरुले उनलाई रेडक्रस उपशाखा दोधाराबाट सहयोग जुटाईदिनु पऱ्यो भनेर उनलाई गुहार्ने गर्दै आएका छन् । अधिकांश समय सामाजिक सेवामा समर्पित गर्ने नेत्री उपाध्याय नेपाली कांग्रेसले मुल्यांकन र क्षमताका आधारमा आफुलाई न्याय गरे दोधारा चाँदनी नगरपालिकामा उपमेयरको लागि चुनाव लड्ने चाहाना समेत उनिमा झल्कीन्छ् । ‘नगर उपप्रमुख पद चलाउनका लागि लगन, उद्देश्य, विचार क्षमता हुनु पर्छ, यदी पार्टीले मलाई विश्वास गर्छ भने, म त्यसमा सक्षम छु ।’ आईए पास गरेकी कोमल उपाध्यायले भनिन् । पार्टीले मुल्यांकन गरेर आफु भन्दा कोही सक्षम अग्रज महिलालाई टिकट दिए पनि सहर्ष स्विकार गरि निर्वाचनमा पार्टीलाई सहयोग गरि दोधारा चाँदनीमा काग्रेंस जिताउन लाग्ने उनको भनाई छ् ।


ताजा समाचार

spot_img