राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दोधारा चाँदनीमा आउने


दोधारा । दोधारा चाँदनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आउने भएका छन् । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरि आउदो फागुन १७ गते दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आम सभालाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन दोधारा चाँदनी आउने कार्यक्रम तय गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बरिष्ठ नेता ईन्द्र बहादुर खत्रीले जानकारी दिएका छन् । हिजो दोधारा चाँदनी नगरपालिका स्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता तथा भुतपुर्व माननिय ईन्द्र बहादुर खत्रीको निवासमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोधारा चाँदनीमा आउनको लागी निमन्त्रण गरेका हुन । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सभा अध्यक्ष धर्मराज जोशी, राप्रपाका केन्द्रिय सदस्य तिर्थ चटौत, राप्रपाका बरिष्ठ नेता तथा भुतपुर्व माननिय ईन्द्र बहादुर खत्री, नगर अध्यक्ष बिर बहादुर शाह, राप्रपा ट्रेडयुनियन सदस्य तथा महाधिबेसन प्रतिनिधी तमान सिंह गुरुङ्ग लगाएत राप्रपाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । आउदो फागुन १४ गते सुख्खडको आमसभालाई सम्बोधन पछि अध्यक्ष राजेन्द्र लिङ्देन दोधारा चाँदनी नगरपालिकाको आम सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ् । बैठकले आसन्न स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा तथा टोलमा भेला तथा संगठन बिस्तार गर्ने कार्यक्रममा संचालन गर्ने भएको बताईएको छ् । बिगतका तुलनामा यस पटक दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको राम्रो उपस्थिती जनाउनको लागी गृहकार्य थालिने राप्रपा ट्रेडयुनियन सदस्य तथा महाधिबेसन प्रतिनिधी तमान सिंह गुरुङ्गले बताएका छन् ।


ताजा समाचार

spot_img