प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा पन्त


महेन्द्रनगर: प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा लक्ष्मण पन्त सर्वसम्मत निर्वाचित भएका छन् ।May be an image of 3 people and people standing
सोमबार ७ औँ जिल्ला अधिवेशनले पन्तको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा होमनाथ योगी, महिला उपाध्यक्षमा लक्ष्मी सेठी र सचिवमा मदन गिरी चयन भए ।May be an image of 5 people, people standing and outdoors
यस्तै सह–सचिवमा दिनेशराज ओझा, सह–सचिव समावेशीमा धनबहादुर विक, कोषाध्यक्षमा धनबहादुर बोहरा छनौट भएका छन् । यसैगरी, सदस्यहरुमा रजनी राना, ओमप्रकाश पाण्डेय, सुरेश भट्ट, केशव भट्ट, कमला भट्ट, ताराकुमारी भट्ट, दिनेश चौधरी, बासुदेव भट्ट र प्रदिप राना चयन भएका छन् । यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधीमा गणेश दत्त भट्ट (जी भट्ट), कोमलनिरञ्जन भाट, भवानी भट्ट, धर्मा रोकाया चयन भए । प्रदेश अधिवेशन प्रतिनिधीमा बासुदेव धामी (विमल), विमल विक, सरोज धामी, हरिशचन्द्र बाग, रामचन्द्र कुस्मी, यमकला पाण्डेय चयन भएका छन् ।May be an image of 15 people, people sitting and people standing
बाँकी सदस्य पछि मनोनित गरिने अध्यक्ष लक्ष्मण पन्तले बताए । यसअघि ७ औँ जिल्ला अधिवेशनको चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए । यसैगरी, प्रेस चौतारी कञ्चनपुरले ६ जना पत्रकारलाई सम्मान गरेको छ ।May be an image of 3 people and people standing
पत्रकार रामबहादुर चन्दलाई मर्णोपरान्त पुरस्कार प्रदान गरिएको छ । त्यस्तै प्रेस काउन्सिल नेपालका सदस्य हरि जोशी, प्रेस चौतारी कञ्चनपुरका पूर्व अध्यक्ष युवराज घिमिरे, सुरेश धामी र खगेन्द्र पन्तलाई पनि सम्मान गरिएको छ ।

ताजा समाचार

spot_img