दोधारा । नेकपा माओबादी केन्द्रले एमसिसीको बिरुद्धमा दोधारा चाँदनी नगरपालिकामा बिरोध प्रदर्शन गरेको छ् । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने भन्दै दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा बस्ती कुतियावकरको मुल सडक खण्डै हुदै महाकाली झोलुङ्गे पुल सम्म सिटी जुलुुस सहित नाराबाजी गर्दै विशाल प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा अटोरिक्सा र मोटरसाईलक प्रयोग गरिएको थिए । दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्डमा लामबद्ध अटोरिक्सा सहित सिटी जुलुसमा ‘राष्ट्रियघाती (एमसीसी) सम्झौता खारेज गर् । (एमसीसी) हामीलाई चाहिदैन् । देश बेच्न पाईदैन् । (एमसीसी) हामीलाई चाहिदैन् । अमेरिकन गुलाम बन्दैनौं । राष्ट्रियघाती दलालहरु हेसियार । (एमसीसी) का मतियार खबरदार । देशप्रेमी जनता जिन्दाबाद ।’ नारा सहित सडक गुञ्जयामान भएको थियो । एमसीसी बिरोध प्रदर्शनमा राप्रपा तथा स्वतन्त्र युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।


नेकपा माओबादी केन्द्र दोधारा चाँदनीको आयोजनामा बिरोध प्रदर्शन गरेको हो । राष्ट्रघाती एमसिसि भएको कारण राष्ट्रिय स्वाधिनताको रक्षा गर्नमो निम्ती सबैलाई एक्कबद्धता हुन समेत आह्वान गरिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्ष भिम कुमालले जनाएका छन् । मुलुकमा एमसिसि कुनै पनि परिस्थितीमा लागु गर्न नहुने प्रदर्शनकारीहरुको माँग रहेको छ् । एमसिसिमा अमेरिकाको खतरनाक रणनीति लुकेको कार्यक्रमका बक्ताहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० कुतियावकरको मुल सडकबाट निस्केको बिरोध ऱ्याली कालिका बजार, बाबाथान बजार र चाँदनी बजार हुदै महाकाली झोलुङ्गे पुल क्षेत्रमा कोण सभामा परिणत भएको थियो । एमसीसी देशलाई समृद्ध बनाउने नभई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने खतरनाक खेल रहेकोले आन्दोलनमा उत्रनु परेको कार्यक्रमका बक्ता तथा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्ष भिम कुमालले जिकिर गरेका छन् । एमसीसी संसदबाट पास भए नेतृत्वलाई जनताले माफ नगर्ने चेतावनी समेत उनले दिएका छन् । कोणसभामा आफ्नो बिचार नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सदस्य भक्त बहादुर सुनारले अफगानिस्तान जस्ता देशहरुले अमेरिकी साम्राज्यवादी षडयन्त्रको शिकार हुदा भोग्नु परेको पीडा सबैलाई छर्लङ्ग भएको उदाहरण दिदै एमसीसी जस्तो राष्ट्रघाती परियोजना लागु भए देशले ठुलो मुल्य चुकाउनु पर्ने भएकाले अबका दिनहरुमा दोधारा चाँदनी नगरपालिका लगाएत मुलुभर आन्दोलन गर्नुपर्ने उनले बताएका छन् ।


देशका मुख्य राजनीतिक पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्र लगाएतका दलका केही संसदबाट एमसीसी पास गराउन लागि परेको कार्यक्रममा राप्रपाका नन्दा खत्रीले आरोप लगाएका छन् । एमसीसीको खारेजीका निम्ती एक जुट हुन उनले सबै आम नेपालीलाई अनुरोध गरेका छन् । कार्यक्रममा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्ष तथा पदाधिकारी, राप्रपाका नन्दा खत्री, शान्तीमाया सुनुवार, रबि गिरी, तमान सिंह गुरुङ्ग, बिर बहादुर शाह, युवा भक्त खड्का लगाएत टेम्पो ब्यवसाय तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । मुलुकमा अस्थिरता उत्पन्न गरी द्वन्द्वको अखडा बनाउन खोजेको र विदेशीको हितमा एमसीसी सम्झौता गर्न सत्ताधारी गठबन्धन र कठपुतली सरकारले सदनबाट पास गर्न खोजेकोले खबरदारी स्वरुप प्रदर्शन गरेको राप्रपाका महाधिबेसन प्रतिनिधी रबि गिरीले बताएका छन् । अहिलेको स्थितीमा दल त्याग गरेर भएपनि सबैले एमसिसीको बिरुद्ध सडक तताउनु पर्ने उनले बताएका छन् । उनले राजनीतिक मतभेद कति पनि नराखी राष्ट्रिय हितको लागि हामी एक भएर अगाडी बढ्नुको विकल्प नरहेको समेत बताएका छन् ।








