कञ्चनपुर : माघ २० नेकपा एकिकृत समाजवादीका नेता सुरेन्द्र बहादुर बम सहितका चार जना पहिरोमा फसेका छन । समाजवादीका सुप प्रदेश सदस्य तथा शुक्लाफाँटा निकुञ्ज पीडित आयोगका अध्यक्ष समेत रहेका बम सहितका चार जना पहिरोमा फसेका हुन ।
सुदूरपश्चिममा लगातार परिरहेको बर्षा र पहाडमा हिमपात बढेसंगै बम सहितका चार जना स्थानीय कैलाली, कञ्चनपुर र डडेल्धुराको चुरे क्षेत्र पहिरोमा फसेका छन । बिहीबार कृष्णपुर नगरपालिका २ वाणिबाट काम विशेषले नायल गएका उनीहरु एक्कासी चुरे क्षेत्रमा भारी बर्षा र पहिरोमा फसेका हुन । उद्दारका लागि बम सहितका स्थानीयले सरकारी निकायसंग हार गुहार गरेका छन ।






