हल्दुखालमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु एक घाईते

कञ्चनपुर : कञ्चनपुरको हल्दुखालमा मोटरसाईकल दुर्घटना भएको छ । सोमबार दिउँसो मोटरसाईकल दुर्घटना भएको हो । दुर्घटनाबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र्र शाहले सुप प्र ०२–००३प ८९३८नम्बरको मोटरसाईकल दुर्घटनामा परेको बताए ।

उनका अनुसार घाईते दुवै मध्ये राजेश बमको मृत्यु भएको छ । भने पुष्कर बम घाईते भएका छन । घाईतेको उपचारका लागि महाकाली अस्पतालमा उपचार नभएपछि धनगढी रिर्फर भएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार