कञ्चनपुर : नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरले तोकिएकै समयमा स्थानीय तहको चुनाव गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियु कञ्चनपुरले सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले वर्तमान सरकारले स्थानीय तहमा जनप्रतिनिधी रित्त गर्नका लागि षड्यन्त्र खेलिरहेकाले सरकारलाई घचघच्याउनका लागि ज्ञापन पत्र बुझाएको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले ज्ञापन पत्र बुझ्दै माथिल्लो निकायमा बुझाउने बताए ।

अनेरास्ववियुले आगामी बैशाख भित्रै स्थानीय तहको चुनाव गराउन दवाव दिनका लागि संघर्षका कार्यक्रम समेत ल्याएको छ ।

