महेन्द्रनगर : कञ्चनपुरका २ जना सहित सुदूरपश्चिममा ४ जनामा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति शिद्धराज भटटका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक/एक जनामा ओमिक्रोन पुष्टि भएको हो । गत पौष १६ गते भारतबाट आएका उनिहरु त्रिनगर–गौरीफन्टा नाका भएर स्वदेश फर्केका थिए ।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए । त्यति बेला ति सबै हाम आईसोलेसनमा गएका थिए अहिले कहाँ छन भनेर स्वास्थ्य कार्यालयमा पनि जानकारी नभएको कोभिड स्रोत व्यक्ति भटटले बताए ।

‘कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएको थियो,’ उनले भने, ‘उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको छ ।’ कोभिड पुष्टि भएको १६ दिनपछि ओमिक्रोनको रिपोर्ट आएको हो ।







