कञ्चनपुर: नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट प्यानलै निर्वाचित भएको छ । एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा पुरै विष्ट प्यानल निर्वाचित भएको हो । निर्वाचन समितिका सदस्य पुष्पराज ओझाका अनुसार बुधबार साँझ पदाधिकारीको मत गणना सम्पन्न भएको बताए । सुरेन्द्र विष्टले आफ्ना प्रत्यासी बिर बहादुर थापा(पातल)लाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।

उनका अनुसार विष्टले आफ्ना प्रत्यासी थापालाई ९८मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । विष्टले २ सय ८१ र थापाले १ सय ८३ मत ल्याएका थिए । उपाध्यक्षमा लक्ष्मी बुढाले आफ्ना प्रत्यासी महेश पन्तलाई ४९मतको अन्तरले हाउँदै बुढा निर्वाचित भएकी छिन । बुढाले २ सय ५४ र पन्तले २ सय ५ मत ल्याएका थिए । सचिवमा भारी प्रतिस्पर्धा भएको छ । विष्ट प्यानलका तर्फबाट पल्लवराज भट्टले आफ्ना प्रत्यासी अशोक कुमार चन्दलाई ७ मतको हराउँदै सचिवमा निर्वाचित भएका छन । भट्टले २ सय ३३ र चन्दले २ सय २६मत ल्याएका थिए । उप सचिवमा दुवै विष्ट प्यानलकै निर्वाचित भएका छन । उप सचिवमा कर्ण बहादुर चन्दले सर्वाधिक मत ल्याएका छन । चन्दले सबैभन्दा बढि ३ सय ४७ मत ल्याएका छन । भने फैरु तामाङ्गले २ सय ९६ मत ल्याएका थिए । भने पातल प्यानलका शेर बहादुर चन्दले १ सय ९६ मत ल्याएका थिए । कुल ४ सय ९९ मतदाता मध्ये, ४ सय ७० मत खसेका थिए ।







