दोधारा : दोधारा चाँदनी नगरपालिकाका क्यान्सर पिडितलाई सामाजसेवी भिम कुमालले सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका वडा नं. १० का क्यान्सर पिडित सुनिता सुनार र प्रेम बहादुर सुनारलाई सामाजसेवी भिम कुमालले फलफुल र नगद रकम सहयोग गरेका हुन् । हिजो अबेर साँझ उनिहरुको घरमै पुगेर उनिहरुलाई फलफुल र नगद रकम रु. ५ हजार नगद रकम हस्तान्तरण गरेको सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले जानकारी दिएका छन् । सुनिता सुनारको पाँठेघरमा क्यान्सर रहेका छन् । उनको भारतको बरेली स्थित एक अस्पतालमा उपचार भईरहेको छ् । यस्तै प्रेम बहादुर सुनारको ब्लड क्यान्सरबाट पिडित भएका छन् ।

उनिहरुको दुबैको आर्थिक कठिनाईको कारण उपचार गर्न समस्या भईरहेको अवस्थामा दुबैलाई थोरै भएपनि उपचारमा जानको लागी यातायात खर्च उपलब्ध गराईएको सामाजसेवी तथा नेकपा माओबादी केन्द्रका नेता भिम कुमालले बताएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियाकवार) का सई दान बहादुर बिष्ट, नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नेता बिर बहादुर सुनार लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । पिडामा रहेको अवस्थामा सहयोग गरेको भन्दै क्यान्सर पिडित सुनिता सुनारले सामाजसेवी भिम कुमाललाई धन्यबाद दिएका थिए । उपचार गर्न रकम नभएको कारण अस्पताल जान समस्या पर्दै आएको बेलामा यातायातको लागी रकम सहयोग गर्नुभएको भन्दै सुनिताले दाता भिम कुमाल जस्तो दोधारा चाँदनी नगर क्षेत्रमा देखिएका दातालाई सबैले प्रशंसा गर्दै आएको बताएका छन् ।

कोरोना संक्रमण नियन्त्रणको लागी आफ्नो ब्यक्तीगतरुपमा थुप्रै सहयोग गर्दै आएका सामाजसेवी तथा नेता कुमाललाई स्थानियहरुले प्रशंसा गरेका थिए । उनले कोरोनाको पहिलो र दोस्रो लहरमा नगर क्षेत्रमै ब्यक्तीगतरुपमा सबै भन्दा बढी स्वास्थ्य सामग्री, पानी र खाद्यान्न, अक्सिजन कन्सरटेटर मसिन सहयोग गर्ने ब्यक्तीकोरुपमा भिम कुमाल परिचित रहेका छन् । उनलाई बिपद्को बेला स्थानियहरुलाई सहयोग गर्दा आफु प्रसन्न हुने बताउदै आएका छन् । उनले बिगतका दिनहरुमा पिडामा रहदै आएका दोधारा चाँदनीका स्थानियहरुलाई नगद रकम तथा खाद्य सामग्री तथा लत्तकपडा सहयोग गर्दै आएका हुन् । कोरोना संक्रमणको दोस्रो लहरमा प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अक्सिजन अभाव श्रजना भएको अवस्थामा ‘हाम्रो जिवन रक्षा’ अभियान संचालन गरि अक्सिजन कन्सरटेटर खरिद गरि प्राथमिक स्वास्थ्य केन्द्रलाई उनले उपलब्ध गराएका हुन् ।







