मानव बेचविखनमा परेका ४ जनाको उद्दार


झापा : मानव वेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।

झापा जिल्लाबाट २ वर्ष अगाडि आ-आफ्नो एक-एक जना नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २ जना युवतीको खोजतलास गर्दै जाने क्रममा भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइ दिने भनी झुक्याई प्रलोभनमा पारी वेचविखनमा परेको भन्ने खुल्न आए बमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले माईती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी उनीहरुलाई उद्दार गरेको हो ।

मानव वेचविखन कसूरमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img