दोधारा: नेकपा माओवादी केन्द्रको आगामी पौषमा हुने राष्ट्रिय अधिवेशनको तयारी स्वरुप दोधारा चाँदनी नगरपालिका क्षेत्रमा वडा सम्मेलन शुरु भएको छ् । यसै क्रमममा दोधारा चाँदनी नगरपालिकामा आज वडा नं. १ मा सर्वसम्मतरुपमा वडा सम्मलेन सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ को प्रथम वडा सम्मेलनमा आज नरी लुहारलाई नेकपा माओबादी केन्द्रको वडा अध्यक्षमा सर्वसम्मतबाट चयन गरिएको छ् । यस्तै उपाध्यक्षमा बिरे सुनार, सुरेन्द्र सार्की सचिव, लोकराज अवस्थी सह–सचिव, सुन्तला सुनार कोषाध्यक्ष रहने गरि २९ सदस्यीय वडा कमिटि गठन भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जानकारी दिएका छन् । वडा नं. १ मा भएको नेकपा माओबादी केन्द्रको वडा सम्मलेन तथा वडा कमिटि गठन कार्यक्रममा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका ईन्चार्ज भरत भट्ट, नगर सचिव भिम कुमाल, नेकपा माओबादी केन्द्र कञ्चनपुर जिल्ला सदस्य धनसरा नाथ लगाएत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।


वडामा निर्वाचित भएका सबैलाई अबिर फुलमाला सहित कार्यकालको सफलता दिईएको थियो । दोधारा चाँदनी नगरपालिकामा वडा नं. ८ र १० मा केही दिन अघि मात्रै वडा सम्मेलन मार्फत वडा कमिटि चयन गरिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् । वडा–वडामा नेकपा माओबादी लहर देखिएको बताउदै दोधारा चाँदनी नगर क्षेत्रमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने पक्का भएको उनको भनाई रहेको छ् । मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि देशभरी वडा सम्मेलन सुरु भएको हो । दोधारा चाँदनीका वडा तथा टोलमा माओबादी केन्द्र प्रति आकर्षित हुनेको लहर देखा परेपछि आफुहरु निकै खुशी भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका ईन्चार्ज भरत भट्टले बताएका छन् । दोधारा चाँदनीलाई यस पटकको स्थानिय निर्वाचनमा लालकिल्ला बनाउने योजना अनुरुप राजनितिक गतिबिधी बढाउदै लगेको उनको भनाई रहेको छ् ।








