नेकपा माओबादीको दोधारा चाँदनीमा वडा सम्मेलन सुरु


दोधारा । नेकपा माओवादी केन्द्रको आगामी पौषमा हुने राष्ट्रिय अधिवेशनको तयारी स्वरुप कञ्चनपुरमा समेत आज देखि वडा सम्मेलन शुरु भएको छ् । आज देखि कञ्चनपुरका ९ वटै पालिकामा वडा अधिवेशन शुरु भएका हो । यसै क्रमममा दोधारा चाँदनी नगरपालिकामा आज २ वटा वडामा नेकपा माओबादीले वडा सम्मलेन सम्पन्न गरेको छ् । आज दोधारा चाँदनी नगरपालिका वडा न.. ८ को प्रथम वडा सम्मेलनबाट नन्द बहादुर सुनार अध्यक्ष, टीका मगर उपाध्यक्ष, दिलिप रोकाया सचिव, पदम खड्का सहसचिव, धनसरा बुढा कोषाध्यक्षाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटि गठन गरिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जनाएका छन् । कार्यक्रममा कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार, नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटि सचिव भिम कुमाल लगाएत नेता तथा कार्यकर्ताहरु रहेका थिए । आजै दोधारा चाँदनी नगरपालिका वडा नं. १० मा समेत नेकपा माओबादी केन्द्रको वडा सम्मेलन पश्चात वडा कमिटि गठन कार्य सम्पन्न भएको नेकपा माओबादी दोधारा चाँदनी नगर कमिटि सचिव भिम कुमालले बताएका छन् । वडा नं. १० मा काशिराम सुनार अध्यक्ष, फुलमाया सुना उपाध्यक्ष, मान बहादुर बुढा सचिव, पुरन बहादुर सुनार सहसचिव, सन्त देवि सुनार कोषाध्यक्षाको नेतृत्वमा २९ सदस्यीय वडा समिति गठन सर्वसम्मत बाट निर्वाचित भएका छन् । निर्वाचित सबैलाई धन्यबाद सहित कार्यकालको सफलता दिईएको थियो ।

 


ताजा समाचार

spot_img