एमाले दोधारा चाँदनी कमिटि गठन बिबाद उत्सर्गमा : किशोर लिम्बु नेतृत्वको कमिटिनै बैधानिक

दोधारा : नेकपा एमाले दोधारा चाँदनी नगरको नगर कमिटि चयनमा चरम बिबाद मच्चीएको बेला हरिसिह घनाडी अध्यक्ष रहेको नेकपा एमाले शपत ग्रहण गरेको छ् । दोधारा चाँदनी नगर कमिटि गठन प्रकृयामा निर्वाचन मण्डलनै गठन नगरि एकलौटी ढङगबाट कमिटी गठन गरेको आरोप लगाउदै गर्दा हरिसिह घनाडी अध्यक्ष रहेको नेकपा एमाले आज शपत ग्रहण कार्यक्रम सकेको छ् । भानु बहुमुखी क्याम्पसको एक कक्षमा हरिसिह घनाडी अध्यक्ष रहेको नेकपा एमालेले शपत ग्रहण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यकर्ता र संगठनको मर्म नबुझी एकलौटी तवरले अध्यक्षमा हरिसिंह धनाडी, उपाध्यक्षमा ओंम बस्नेत, सचिवमा गणेश भाट, उपसचिवमा ओंमप्रकाश रोकाया लगाएत सदस्य रहेको नगर कमिटि बिस्तार गरेको भन्दै किशोर कुमार लिम्बु अध्यक्ष रहेको समानान्तर नेकपा एमाले दोधारा चाँदनी नगर कमिटि गठन गरेपछि थप बिबाद श्रजना भएको हो । बिगत लामो समय देखि सक्रियारुपमा संगठन बिस्तारमा काम गर्दै आएका किशोर कुमार लिम्बुलाई पन्छ्याउन खोजेको आरोप रहेको छ् । हरिसिह घनाडी अध्यक्ष रहेको नेकपा एमाले नगर कमिटि शपत ग्रहण कार्यक्रममा नेता तथा कार्यकर्ताको उपस्थिती न्युन रहेको थियो । समानान्तर कमिटि गठन भएपछि दोधारा चाँदनीमा एमालेका कार्यकर्तामा अन्योलता आएको छ् ।

अध्यक्ष मण्डल र निर्वाचन मण्डलनै गठन नगरि एकलौटी ढंगबाट हरिसिह घनाडी नेतृत्वमा गठन गरिएको कमिटि अवैध भएको भन्दै एमालेको बहुमत सदस्यले चर्को बिरोध जनाउदै आएका हुन् । एमाले जिल्ला कमिटि सल्लाहकार सदस्य राम प्रशाद पौडेलको अध्यक्षमा केही दिन अघि बसेको बैठकले वडा अधिवेशन देखि नगर अधिवेशन सम्म धाँधली गरेर आफु निकटलाई नेतृत्वमा ल्याएको आरोप लगाएका छन् । वडा अधिवेशनमा समेत नेपालमै नरहेका व्यक्तिलाई संगठित सदस्य बनाएर गैर जिम्मेबारीपन देखाएको आरोप लगाईएको छ् । एमाले नगर अधिवेशन अध्यक्ष किशोर लिम्बुले गर्नु पर्ने काम भएपनि सो नभएको तथा जिल्ला सदस्य राजिव खडकाबाट अध्यक्ष मण्डलको घोषणा गरी चिनी गिरीको अध्यक्षमा राजिव खडका, गगन खत्री, टंकलाल जोशी सहितको घोषणा गरेको र अध्यक्ष मण्डलले सोझै बैठक बसी क्षेत्रीय सचिव चन्द्र सिह धामी, खिमा नन्द, भुवन बिहरी पन्त समेत आवश्यक पदैन् भनि सुझाव समेत लिन नमानेको बताईएको छ् ।

उम्मेदवारलाई सामुहिक छलफल नगराए एक्ला एक्लै भेटेर दवाव दिएर कमिटि गठन गरेर अवैध अध्यक्ष मण्डल चयन नमान्ने घोषणा गरिएको छ् । एमाले दोधारा चाँदनीका क्रियाशिल सदस्य हर्क बहादुर थापाले कम्यूनिष्ट पार्टीमा गैर कानुनी रुपमा घोषणा गरिएको हरिसिह घनाडी अध्यक्ष रहेको नेकपा एमाले कमिटि अवैध भएको बताएका छन् । बहुमतले सिद्ध गरेको किशोर कुमार लिम्बु अध्यक्ष भएको नेकपा एमाले दोधारा चाँदनीनै बैधानिक भएको उनले बताएका छन् ।

ताजा समाचार