दोधारा चाँदनीका बाढी पिडित घरपरिवारलाई कस्ले के, कती सहयोग गरे !


दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० का बिभिन्न बस्तीमा बसोबास गर्ने बाढी पिडितहरलाई बिभिन्न संघ संस्था तथा ब्यक्तीहरुले सहयोग गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकामा बिगत केही वर्ष देखि आफ्नो कार्य क्षेत्र बनाउदै आएको संस्था निड्स नेपाल कञ्चनपुरले पहिलो पटक पि–फम ९ थान, हाईजेनिक किट ३ सय ५० थान, बाल्टी ३ सय ५० थान, मग ३ सय ५० थान, क्लोरिन टेबलेट ३ सय ५० थान, पि–फम ११ बन्डल, झुल २ सय थान, त्रिपाल २ सय थान दोधारा चाँदनी नगरपालिकामा मार्फत बाढी पिडितहरुलाई राहत उपलब्ध गराएका हुन् । यस्तै नेपाल रेडक्रस सोसाईटीले पहिलो पटक कम्बल २ सय ७५ थान, त्रिपाल १ सय थान, बाल्टी २० थान उपलब्ध गराएका हुन् । चौधरी ग्रुपले वाईवाई भुजिया ६ सय पिस, वाईवाई मिनि ९ सय पिस, रियो जुस ६ सय पिस नगरपालिकालाई उपलब्ध गराएका छन् । शुदुरपश्चिम बाढी पिडित अभियान अन्तर्गत चामल ४२ बोरा, दाल ४२ केजी, खाने तेल ४२ पिस, बेसार २ केजी दिएका हुन् । यस्तै नेपाल रेडक्रस सोसाईटीले दोस्रो पटक गैर खाद्य सामग्री १ सय २५ सेट उपलब्ध गराएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले पहिलो पटक २ सय सेट गैरखाद्य सामग्री दिएको हो । गैरआवासिय नेपाली संघ (एनआरएन) ले १ सय ५० सेट खाद्य तथा गैरखाद्य सामग्री उपलब्ध गराएका थिए । दिपक बहादुर सिंहले ब्यक्तीगतरुपमा १ सय सेट खाद्य सामग्री राहत उपलब्ध गराएका छन् ।

सुरक्षाकर्मी पत्रकार र किशोर पाँण्डेबाट ८० बोरा चामल राहत दिएका छन् । मर्सिकोर/रेडक्रस र निड्सले १ सय ८० सेट गैरखाद्य सामग्री दिएका छन् । दोधारा चाँदनी नगरपालिकाले त्यत्तीबेला ५८ सेट दाल नुन र खाने तेल राहत दिएको थियो । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष पिताम्बर जोशीले ब्यक्तीगतरुपवमा १ सय ५० बोरा चामल, १ सय ५० थान साबुन, १ सय ५० थान लुगा धुने सोडा बाढी पिडितहरुलाई राहत पठाएका थिए । दलित महिला संघ (फेडो) कञ्चनपुरले ५० बोरा चामल दिएका थिए । नेपाल स्काउटले ३ सय थान लुगा उपलब्ध गराएका थिए । त्यसैक्रममा दोधारा चाँदनी नगरपालिकाले ८० बोरा चामल दिए । दोस्रो पटक निड्स नेपाल कञ्चनपुरले १ सय ५० पिस त्रिपाल, ८० पिस झुल, ७२ पिस कम्बल दिएका थिए । बाशुलिङ्ग अनिल कन्सट्रकसन प्रालि. ले १ सय बोरा चामल राहत दिएका थिए । पुर्व सांसद तारणी दत्त चटौतले ब्यत्त:ीगतरुपमा बाढी पिडितहरुलाई राहत स्वरुप नगरपालिकालाई ५० बोरा चामल पठाए । सेभ द चिल्ड्रन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले २ सय ३५ थान किचन सेट, २ सय ३५ थान हाईजेनिक किट, २ सय ३५ थान त्रिपाल दिएका थिए । यसैक्रममा दोधारा चाँदनी नगरपालिकाले ८५ बोरा चामल उपलब्ध गराएको हो पुन : नेपाल रेडक्रस सोसाईटीले ७५ थान कम्बल उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका कार्यालयको अभिलेखमा उल्लेख छ् । दाताहरुबाट प्राप्त भएका बाढी पिडितहरुको लागी राहत खाद्य तथा गैरखाद्य सामग्रीलाई दाताको राहवरमा बितरण गरिएको छ् । छुटपुट बाढी पिडितहरुको नाउ संकलन पछि बितरण कार्य गरिने दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।


ताजा समाचार

spot_img