नेकपा माओबादीको टोली दोधारा चाँदनीको बाढी ग्रस्त क्षेत्रमा

दोधारा । नेकपा माओबादी केन्द्रको टोली दोधाराको बाढी ग्रस्त क्षेत्रमा पुगेको छ् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटिको टोली आज बाढी ग्रस्त क्षेत्र दोधारा चाँदनी नगरपालिका वडा नं. १० को बिभिन्न बस्तीमा पुगेको हो । झण्डै एक साता अघि महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण नदीको भंगालो बस्तीमा दोधारा चाँदनी नगरपालिकाको कुतियाकवार, शान्ती टोल, बैतिफाँटा, निशानी टोल, प्रधान टोल लगाएत टोलको घरपरिवार बेघर भएका थिए । बाढीको कारण कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, निशानी टोल, प्रधान टोलहरुमा लाखौंको क्षती भएको हो । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालको संयोजकत्वमा गएको टोलीले कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, निशानी टोल, प्रधान टोलहरुमा निरिक्षण गरेको हो ।

टोलीमा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका बरिष्ठ नेता धन बहादुर दमाई, दोधारा चाँदनीका नगर सदस्य धन बहादुर रावत, नगर कमिटि सदस्य भक्त बहादुर सुनार, रतन ओली, पर्शुराम सुनार, टेक ओली, ईन्द्र बहादुर सुनार, टेक बहादुर सुनार लगाएत रहेका थिए । उनिहरुले बाढीपिडितहरु संग भेट गरेका थिए । बाढीले कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, निशानी टोल, प्रधान टोलहरुमा गरेको क्षती तथा भौतिक संरचनाको नेपाल सरकारले तत्कालै मर्मत तथा निमार्ण गर्नुपर्ने नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् ।

बाढीले दोधारा चाँदनीका बस्तीहरु तहसनहस गरि ब्यापक धनजनको क्षतीको साथै नदीले जग्गा कटानी गरेको हुदा नेपाल सरकारले दोधारा चाँदनीको कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, निशानी टोल, प्रधान टोलहरुलाई लक्षित गरि पक्की तटबन्ध निमार्ण संगै उनिहरुको गाँस, बाँस तथा कपासको ग्यारेन्टी लिनु पर्ने उनले बताएका छन् । बाढीको कारण भएको बिकराल क्षतीलाई मध्यनजर राख्दै तत्कालै केन्द्रिय कार्यक्रम अनुसार तटबन्ध निमार्णको लागी सरकारले गुरुयोजना बनाउनु पर्ने नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटिको माँग रहेको छ् ।

 

ताजा समाचार