दोधारा । आईतबार राति देखि परेको अविरल वर्षा संगै महाकाली र जगबुडा नदीमा आएको बाढीको कारण दोधारा चाँदनीका झण्डै ४ सय घरधुरीमा क्षती भएको छ् । महाकाली र जगबुडा नदीमा आएको बाढीको भंगालो दोधारा चाँदनी नगरपालिका वडा नं. १० को शान्ती टोल, बैतिफाँटा, निशानी टोल कुतियावकर, प्रधान टोल लगाएत टोलहरुमा पसेपछि स्थानियहरुलाई ज्यान जोगाउन समस्या परेको हो । कुतियकवरमा ३९ घरधुरी रहेका छन् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा आईतवार राती पानी पस्न थालेपछि उनिहरुलाई ज्यान बचाउन निकै कठिन परेको हो । सोमवार बिहान मात्र उनिहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा उद्धार गरिएको स्थानियबासी मोहन सुनारले बताएका छन् । महाकाली नदीको भंगालो बस्ती तिर तेस्रीएपछि कुतियकवरका स्थानियहरुलाई ज्यान बचाउन निकै कठिन परेको मोहन सुनारले बताए । भारत संग जोडिएको बस्ती कुतियावकरका धेरै जसो घर बाढीले क्षतबिक्षत बनाएको स्थानिय शिक्षक टंकलाल जोशीले बताएका छन् । बाढीले अन्नपात, भाडा कुडा बगाउनुको साथै घर समेत भत्काएको कारण अबका दिनहरुमा कहाँ बस्ने भन्ने चिन्ता उनिहरुमा रहेको छ् । महाकाली नदीको भंगालो बस्तीमा पसेपछि कुतियाकवरका स्थानियहरुले ज्यान बचाउन गुहार लगाएका थिए । ‘कुतियाकवरको अवस्था पनि निकै दर्दनाक छ्’ स्थानिय शिक्षक टंकलाल जोशीले भने ।