शंकर पार्वती माध्यमिक बिद्यालय दोधारा चाँदनीको अध्यक्षमा जोशी


दोधारा : दोधारा चाँदनी नगरपालिका–३ मा रहेको शंकर पार्वती माध्यमिक बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पदमा पुष्कर दत्त जोशी चयन भएका छन् । आज बसेको बैठकले जोशीलाई शंकर पार्वती माध्यमिक बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पदमा पुष्कर दत्त जोशी सर्वसम्मत चयन गरेको बिद्यालय प्रशासनले जनाएको छ् ।

बिद्यालयले गएको २३ गते अभिभावक भेला संगै आज बसेको बैठकले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमा पुष्कर दत्त जोशी, सदस्यमा शुशिला सुनार, चिन्तामणी भट्ट, लाकेन्द्र प्रसाद भट्ट, राधिका साँउद, गिता सिंह ठकुरी, रामदत्त भट्ट, शिक्षक प्रतिनिधीमा हरि सिंह ठकुरी र सदस्य–सचिवमा देबिदत्त भट्ट बिद्यालय ब्यवस्थापन समितिलाई पुर्णता दिएको छ् । चय भएका नव बिद्यालय ब्यवस्थापन समितिलाई अबिर माला लगाएर बधाई तथा कार्यकालको शुभकामना दिईएको थियो । ‘बैठकले कोभिड १९ को कारण लामो समय देखि बिद्यालय बन्द रहेको र २०७८ भदौं २३ गतेका दिन दोधारा चाँदनी नगरपालिकाको पहलमा कार्यपालिका, प्रधानध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, राजनितिक दलका कार्यकर्ता, सामाजसेवीको सयुक्त बैठकको निर्णय अनुसार २०७८असोज १ गते देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बिद्यालय संचालन गर्नु पर्ने भएकोले २०७८ असोज१ गते यस बिद्यालयको बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावकहरु र सरोकारवाला सबै भेला बोलाउने सर्वसम्मतीबाट निर्णय पारित गरिएको छ्’ बैठकको निर्णयमा भनिएको छ् ।


ताजा समाचार

spot_img