दोधारा : त्रिपाल र बोराले छाएको छानो । चर्किएका कच्ची भित्ता । आकाशबाट परेको पानीले हिलाम्मे बनाएको भुई । आज बिहान घर भित्रको त्यही हिलो सोहार्दै थिए, दोधारा चाँदनी–३ बडवाल टोलका रेशम बादी । ‘यस्तै छ, गरिब, दुखीको छाप्रो, उनले सुनाए, ‘न घाम छेकिन्छ, न पानी, जाग्राम बसेर रात कटाउनु पर्छ् । घरमा अन्न समेत छैन् ।’ वर्षामा जिर्ण त्रिपाल र बोराले छाएका टहरामा बसिरहेका छन् रेशम बादी र उनका परिवार । आफ्नो एक धर्का जमिन छैन् । मेलापात गएर कमाउनका लागी कामनै पाईदैन् ।


‘पहिले गाँउ, बस्तीमा डुलेर केही अन्न र पैसा संकलन गर्थे कसैले दिन मान्दैनन्, काम गरेर खानु पर्छ सबैले भन्ने गर्छन्,’ रेशम बादीले भने– ‘नजिकैको भारतिय जंगलमा न्युउरो खोजेर, कहिले मादल बनाएर त कहिले जगबुडा नदीमा माछा मारेर छाक टारिरहेका छौं ।’ सोही बस्तीमा बस्ने बिरभान बादीको अवस्था पनि उस्तै पिडादायी छ् । उनी मादल बनाएर बिक्री गर्थे । त्यही आम्दनीले गुजारा चलेको थियो, उनको । तर अहिले मादलको माँग पनि कमी हुनथाल्यो । आधुनिकता संग मादलको साटो मानिसहरुले डिजे साँउण्ड बजाउन थाले । मादल बनाउन चाहिने काठ र छाला समेत पाउन गाहे भएको कारण उनिहरुको आम्दनीको स्रोत खोसिएको छ् । आफुहरुले बनाएको केही मादलहरु पनि किन्ने मानिस आएका छैनन् । बनाएका केही मादल थन्क्याएर राखेका छन् उनिहरुले । यस पटकको तिजमा केही मादल बिक्री हुन्छ कि भन्ने आशले मादल बनाएको बिरभान बादीले बताएका छन् । ‘यही सानो घर पनि जिर्ण भएर ढल्न लागेको छ, बरु ठूलो रुख मुनि गएर बस्दा सुरक्षित भइन्थ्यो होला,’ उनले भने, ‘धेरै दिन भयो पेटभरी खान पाएको छैन् । सरकारले आफुहरुको पीडा नदेखेको उनीहरुको गुनासो छ् ।


स्थाीनय सरकार प्रदेश सरकार संघिय सरकारले गरिब तथा दलितको नाउमा आएको कार्यक्रम पनि आएको मात्रै सुनिए पनि बादी परिवारले हाल सम्म नपाएको गुनासो उनिहरुमा छ् । ‘हाम्रो पीडा सुन्ने कोही छैन, न बस्नको लागी गतिलो घर छ, न खानको लागी भकारीकामा अन्ननै’ बिरभान बादीले भने । यस वर्ष पनि स्थाीनय सरकार, प्रदेश सरकारले दोधारा चाँदनीमा गरिब घरपरिवारको लागी आवास कार्यक्रम संचालन गरे । बादी घरपरिवार गरिब आवास कार्यक्रमबाट पनि बन्चितनै रहे । अहिले आएर बादी समुदायको आम्दानी श्रोत तथा पेसा समेत संकटमा परेको छ् । केही बर्ष अघि आफ्ना र अर्काका पीडादाय गीतको भाका गाउदै आवश्यक खाद्यान्न र रुपैयाँ संकलन गरिरहेका बादी समुदायहरु नयाँ जीवन जिउने रणनीतिका लागि अहिले पन संघर्षरत छन् । बादी समुदाय पुरानो पेशाबाट मुक्ती पाएर नयाँ जीवन निर्वाह गर्न चाहेको उनीहरु बताउछन् । नेपाल सरकारले सुकुम्वासीहरुलाई जग्गा दिने सुनेपछि भारतबाट फर्केको उनीहरु बताउछन् । छिमेकीको घरमा साना छोराछोरीलाई मिठो मसिनो खुवाएको देख्दा आफ्नो घरमा आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनु परेको लक्ष्मी बादी बताउछिन् ।


‘बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ’ लक्ष्मी बादीले भनिन्– ‘स्थानिय सरकार देखि राज्य मन्त्री मान बहादुर सुनारलाई हाम्रो समस्या हल गर्न बिन्ती गर्दै आएपनि हाम्रो कुरा सुन्ने कोही भएनन् ।’ यस्तै बादी परिवारका अर्का सदस्य रंगलाल बादीलाई छोराछोरी पढाउने ईच्छा भए पनि कपडा किन्ने, कापी कलम किन्ने पैसा नहुदा विद्यालय पठाउन नसकेको पीडा सुनाए । पुर्खेली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाई छ् ।







