कञ्चनपुर: कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा टिप्परको ठक्करबाट एक बालकको मुत्यु भएको छ ।
शुक्रबार टिप्परको ठक्करबाट दोधाराचाँदनी नगरपालिका १ बस्ने १५ बर्षिया दिवश सुनारको मृत्यु भएको हो ।
कञ्चनपुर प्रहरी प्रवक्ता हेम बहादुुर शाहीले शुक्रबार पुर्णागिरी टोल नजिकै टिप्परको ठक्करबाट बालकको मृत्यु र युवक घाईते भएको बताए ।

प्रहरीका अनुसार सुप्रप्र ०२–००१ क ०५९८ नम्बरको टिप्पर र यूके ०६ एस ७९३० नम्बरको मोटरसाइकलमा ठक्कर दिदा बालक सुनारको घटनास्थलमै मृत्यु भएको र २१ वर्षीय नरेश सुनार गम्भीर घाइते भएका छन्। घाइते नरेशलाई थप उपचारका लागि भारत लगिएको जनाइएको छ। दुर्घटनापछि टिप्पर चालक फरार रहेका छन् र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यता पीडित पक्षले टिप्परका मालिक (साहु) घटनास्थलमा नआएसम्म शव नउठाउने अडान लिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। कञ्चनपुरमा केही बर्ष रोकिएको टिप्पर आतङ्ग फेरी हुन थालेपछि जनता त्रसित भएका छन ।







