कञ्चनपुर : शनिबार रातीदेखि आईतबार बिहानसम्म परेको हल्का बर्षातका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा ठूलो क्षति पुगेको छ । नगरपालिकाको उत्तरी चुरे दोहन एव खोला नाला मिचेर संरचना निर्माण हुँदा थोरै बर्षात भएपनि ठूलो क्षति पु¥याईरहेको छ ।

बर्षातका कारण पानी थुनिएर भीमदत्त नगरपालिका महेन्द्रनगर बजार क्षेत्र सहितका आसपासका गाँउ क्षेत्र डुवान र कटानमा परेका छन । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका स्थानीय करबिर सार्की, ५ का बनगाँउका नैनराम सार्की, चेतराम सार्की, चेत ब. कामी, भीमदत्त नगरपालिका १८ सालघारी क्षेत्रका पदम सुनारको घर क्षति पुगेकोछ । भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित प्रतिभा ग्रिल उद्योग सहित आसपासका स्थानीयका घर डुवान परेका छन ।

बर्षातका कारण भीमदत्त नगरपालिका क्षेत्र सहित दोधाराचाँदनीको जमुनाघाटी, कुतियाकरबर क्षेत्रमा समेत डुबान परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बर्षातले भीमदत्त र दोधारा क्षेत्रका सयौँ घर डुवान परेको बताए । उनका अनुसार चट्यान परेर भीमदत्त नगरपालिका ९का स्थानीय बिर महराको मृत्यु र उनका छोरा घाईते भएका छन । पानीको निकास नहुँदा भीमदत्त नगरपालिका क्षेत्रको बजार सहितका स्थान डुवानमा पर्दै आएका छन ।







