लागूऔषध दुव्र्यसनी फस्दै दोधारा चाँदनीका युवा जमात : चेक जाँचमा कडाई


दोधारा : तपाईका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस् उनीहरु लागुपदार्थको दुव्र्यसनीमा फसेकोे हुन सक्छन् । झगडा गरेर चाहिने भन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनुु, आँसु आईरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाईमा ध्यान नदिनुु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगकर्तामा देखिन्छन् ।

दोधारा चाँदनी नगरपालिकामा प्रहरीले दुई महिनाको अवधीमा ११ जना लागु औषधका तस्कर पक्राउ गरेको छ् । भने २९.५ सय ग्राम अफिम लागु औषध बरामद गरेको छ् । दुई भारतीय नागरिक, ९ नेपाली सहित ११ जना लागु औषधका कारोबारी एव तस्कर समुहलाई पक्राउ गरि मुद्दा चलाएको छ् । ति सबै युवाहरु रहेका छन् । स्थानियहरुका अनुसार दोधारा चाँदनीमा झण्डै २ सय भन्दा बढी युवाहरु लागुऔषध प्रयोगकर्ता रहेको जिकिर गर्छन् । लागुऔषध प्रयोगकर्तामा बढी बिद्यार्थी तथा बिद्यालय छाडेका युवाहरु रहेका एक अध्यनले देखाएको छ् । लागुपदार्थको दुव्र्यसनी अधिकांश युवा उमेरका विद्यार्थी रहेको अम्बिका उच्च माध्यमिक बिद्यालयका शिक्षक राजिव खड्का बताउछन् । छोरा छोरीका हरेक क्रियाकलाप, साथी भाई, विद्यालय समय बाहेक अरुबेला व्यतीत गर्ने स्थानका बारे जानकारी लिनुपर्ने उनको भनाई छ् । छोराछोरीलाई खेलकुद, कला तथा सांगेतिक कार्यक्रममा बढी संलग्न गराउने, गलत व्यक्ति संगको संगतबाट टाढा राख्ने, धूम्रपान र मद्यपानबाट टाढा राख्ने, लागुऔषध बारे सचेत गराउने, छोरा छोरी संग पर्याप्त समय बिताउने र विचारको आदान प्रदान गरेर उनीहरुलाई लागुऔषधबाट टाढा राख्न सकिने शिक्षक खड्काले बताए ।

विशेषत : आफ्ना सन्तान नौ कक्षामा पुग्दा देखि अभिभावकले उसको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने उनको सुझाव छ् । लकडाउनको कारण बिद्याथीहरुमा ब्याप्त समय खेलेर तथा साथी भाई संग बिताउने हुदा उक्त समयको कारणमा समेत लागुऔषध प्रयोगकर्ताहरु बढेर गएको बताईन्छ् । बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रदा, साथी भाईको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण लागु पदार्थको प्रयोग गर्ने गरेको भेटिएको छ् । नेपालमा सन् ९० को दशकमा आईपुग्दा गाँजा, अफिममा सीमित नरही हेरोईन, ब्राउन सुगर जस्ता महंगा लागुऔषधको प्रयोग बढेको भेटिन्छ् । दोधारा चाँदनी नगर क्षेत्रमा भने झण्डै ५ वर्ष अघि देखि कडा खाले लागुऔषधकर्ता देखिन थालेको एक थरीको भनाई रहेको छ् । नगरपालिकाको नेपाल–भारत खुला सिमानाकाबाट अमली युवाहरुको जमातले भारतीय सीमावर्ती बजारबाट सीमा नाका हुदै दोधारा चाँदनीमा लागुऔषध भित्र्याउदै आएका छन् । ल्याईएका लागु औषधलाई साथीहरुमा बिक्रि तथा आफै सेवन गर्ने गरेका छन् । उनिहरुले दोधारा चाँदनी नगरपालिकाको एकान्त स्थान, सामुदायिक बन तथा महाकाली नदी जगबुडा नदी, सार्वजनिक स्थानहरुमा लागु औषध सेवनको थलो बनाउदै आएको स्थानियहरु बताउछन् ।

उनिहरुले सिमावर्ती भारतिय बजार नगरा, मेलाघाट, खटिमा, बनबासा तथा बंगाली कलोनी लगाएत बजारबाट लागु औषध खरिद गर्ने गर्दैै आएको एक लागुऔषध प्रयोगकर्ता बताउछन् । दोधारा चाँदनीको चौक, चौराहा, मठ मन्दिर, हाट बजार, सुनसान सार्वजनिक स्थल लगाएतका स्थानहरु लागु औषध दुव्र्यसनी युवाहरुको सेवनको रोजाईमा पर्ने स्थानहरु रहदै आएको छ् । दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा क्षेत्र हो । लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ् । लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक भएको पाईदैन् । अहिले दोधारा चाँदनी नगरपालिकालाई लागुऔषधमुक्त गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ् । दोधारा चाँदनी नगरपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले लागुऔषध ओसार नियन्त्रणको लागी चेक जाँच कडा बनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको झण्डै ३५ किलोमिटर खुला सिमा क्षेत्रमा चेकजाँच तथा निगरानी कडा बनाउदै आएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले बताएका छन् । सिमा क्षेत्रमा लागुऔषध प्रयोगकर्ता युवा माथी निगरानी बढाउदै आएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले बताए । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले महाकाली झोलुङ्गे पुल आसपास क्षेत्रमा समेत निगरानी र चेकजाँच कडा बनाउदै आएको छ् ।


ताजा समाचार

spot_img